भीमसेन घिमिरे, पोखरा,२४ भाद्र ।
महेन्द्रपुल महिला जागरण समुहको आयोजनामा पोखरामा २ दिने हस्तकला तालिम शुरु भएको छ ।
युराशिया रेयूकाई हिरोकु मासुनागा हस्तकला प्रशिक्षण केन्द्र काठमाण्डौंको सहयोगमा तालिम हुन लागेको हो । महिलाहरुलाई आर्थिक रुपमा शसक्तीकरण गरि आत्मनिर्भर बनाउनु तालिमको उद्देश्य रहेको युराशिया रेयूकाई शिबुचो तथा महिला जागरण सदस्य इन्द्रकला मान्नधरले बताइन् ।
उनले सीपमा मात्र सिमित नभई व्यवसायीक रुपमा लाग्न महिला दिदीबहिनीहरुलाई तालिमले सहयोग पु¥याउने बताइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा उपमहानगर पालिका वडा नं. ९ का सचिव लोकदर्शन कोइरालाले समाजमा हिंसा न्यूनीकरणका लागी पनि महिलाहरुलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताए ।
सीप सिकेर व्यवसायीक बन्न र समाजलाई सीप हस्तान्तरण गर्न प्रशिक्षार्थी महिलाहरुलाई उनको आग्रह थियो ।
काठमाण्डौबाट आएका प्रशिक्षकद्धय रचना श्रेष्ठ र अम्कन कर्माचार्यले प्रशिक्षार्थी महिलाहरुलाई विभिन्न सीपमूलक तालिमहरु प्रदान गर्नेछन् । उक्त तालिममा प्रशिक्षार्थीहरुले पर्दा ¥यापर, सियो व्यवस्थित तरिकाले राख्ने तरिका, कपडाको फूल, विभिन्न हाते व्यागहरु बनाउन सिक्ने तालिमका प्रशिक्षक रचना श्रेष्ठले बताइन् । तालिममा ३० जना महिलाहरुको सहभागीता रहेको छ ।
Leave a Reply