मधेश आन्दोलन शहीदहरुको सम्झनामा देशव्यापी दीप प्रज्जवलन

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनको शान्तिपूर्ण विरोध प्रदर्शनमा सप्तरी र नेपालगञ्जमा प्रहरीद्धारा ज्यान गुमाएका शहीदहरुको सम्मान र सम्झनामा देशव्यापी रुपमा दीप प्रज्जवलन गरिएको छ ।मधेश आन्दोलनका दिवंगत शदीदहरुको आत्माको शान्ति, ज्यान गुमाएकालाई शहीद घोषणा, मृतक परिवारलाई उचित क्षतिपूर्ति, न्यायिक छानबीन र दोषि प्रहरीमाथि कारबाहीको माग गर्दै बाँकेको नेपालगञ्जको शहीद कमल मधेशी चौकमा सहित आइतबार साँझ देशव्यापी रुपमा मैनबत्ती बालेर दीप प्रज्जलन गरिएको छ ।
परिमार्जन सहित संविधान संशोधन हुनु पर्ने र केन्द्र सरकारद्धारा बैशाख ३१ गतेलाई घोषणा गरिएको स्थानीय निकायको निर्वाचन फिर्ता लिई सहमतिका आधार चुनाव हुनु पर्ने लगायतका माग राख्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा शहीदहरुको सम्झनामा दीप प्रज्जवलन गरिएको हो ।बाँकेको हकमा मधेश आन्दोलनका शहीदहरुको सम्झनामा शहीद कमल मधेशी चौकमा दीप प्रज्जलन गरियो । एमालेको मेचीकाली अभियानका दौरान सप्तरीको मलेठमा नेपालगञ्जमा प्रहरीको गोलिले मारिएका शहीदहरुको सम्झना र श्रद्धाञ्जली स्वरुप मोर्चाले विशेष रुपले दीप प्रज्जवलन एवं श्रद्धाञ्जली सभा आयोजना गर्यो ।
श्रद्धाञ्जली सभा सम्वोधन गर्नुहुँदै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक विजय गुप्तले सप्तरीको मलेठमा गत फागनु २३ पाँच जना प्रहरीको गोली लागेर मुत्यु भएकाहरुको पुण्यतिथिमा आइतवार आयोजित विशाल शोकसभालाई सम्वोधन गर्नुहुँदै उनले यस्तो कुरा बताएका हुन् । शान्तिपूर्ण संघर्षका क्रममा सरकारले निहत्था मधेशी जनतामाथि गोली चलाएर हत्या गर्ने कार्यलाई उनले कायरताको संज्ञा दिए । ‘शान्तिपूर्ण एवम् अहिंसात्मक आन्दोलनमा राज्यले दमन गरेर निहत्था जनताको हत्या गर्दै आएको छ, महात्मा गान्धी, गौतम बुद्ध, जनकको अहिंसात्मक मार्गलाई आत्मसात गरेर अगाडि बढि रहेका छौं’ ।
श्रद्धाञ्जली सभा सम्वोधन गर्नुहुँद सद्भावना पाटी केन्दिय सदस्य रामकुमार दिक्षितले भने राज्य पुनर्संरचनाको मुद्दालाई कुनै पनि हालतमा थाती राख्न वा छोड्न नमिल्ने बताउँदै उनले संविधान संशोधन नभएसम्म आफूहरुको आन्दोलन जारी रहने उद्घोष गरे । गुप्तले संविधान संशोधन गरेर राज्य पुनर्संरचनाको सवाललाई सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिँदै उनले भने ‘पहिचान, सम्मान र स्वाभिमानकालागि मधेशका लाखौं युवा लड्न तयार छ ।
मधेशी, आदिवासी, दलित, जनजाती एवम् सिमान्तकृतवर्गको अधिकार वर्तमान संविधानमा नलेखिएसम्म आफूहरुको कुनै पनि चुनावमा नजाने प्रतिवद्धता उनले दोहर्याए । संविधान संशोधन नगरी जबरदस्ती चुनाव गराउन खोजिए तात्कालीन राजा ज्ञानेन्द्रले गराएको चुनाव जस्तै हुने बताउँदै उनले भने ‘जबरदस्ती लादिएको संविधान संशोधन हुँदैन तबसम्म मोर्चा कुनै पनि चुनाव जादैन, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर चुनाव गराईए, देशमा महाप्रलय हुनेछ, जनआन्दोलन, जनविद्रोहबाट आठौं संविधान लेखिनेछ ।’
श्रद्धाञ्जली सभा सम्वोधन गर्नुहुँदै तराई मधेश लोकतान्त्रिक पार्टीका केन्दिय सदस्य पशुपतिदयाल मिश्रले भने सप्तरीको मलेठमा भएको घटना मानव अधिकारको घोर उल्लंघनको नमूना भएको भन्दै दोषीलाई कडा कार्वाही हुनुपर्नेमा जोड दिए । आफूहरुको माग सम्वोधन बिना मधेशमा कुनै निर्वाचन नहुने र यसकालागी जनतालाई तयार रहन आग्रह गरे ।
श्रद्धाञ्जली सभा सम्वोधन गर्नुहुँदै सद्भावना पार्टीका नेता मुन्वार अलि हल्लवाईले भने मधेश विरोधी पार्टीको रुपमा नेकपा एमाले प्रस्तुत भएको भन्दै उक्त पार्टीमा लागेका नेता तथा समर्थकहरुलाई जनताले स्थानीय स्तरबाटै सामाजिक वहिष्कार गर्नुपर्नेमा जोड दिए । मधेशी जनताको टाउका र छातीमा गोली हान्न लगाउने पार्टीको रुपमा एमालेलाई परिभाषित गर्दै उनले एमालेमुक्त मधेश निर्माणमा जुट्न आह्वान गरे ।
श्रद्धाञ्जली सभा सम्वोधन गर्नुहुँदै तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष गिराज पाठकले भने पहिला जनताले बिना हातहतियार स्थानीय स्तरबाट शान्तिपूर्ण हात उठ्नु जरुरी छ । मधेशी जनता कमजोर नरहेको भन्दै राज्य र सरकारको निती र रवैयालाई हेरेर आवश्यकता अनुसार मधेशी जनताले त्यसको जवाफ दिन बाध्य हुने अध्यक्ष पाठकले बताए ।श्रद्धाञ्जली सभा सम्वोधन गर्नुहुँदै संघीय समाजवादी फोरम नेपालका बाँके अध्यक्ष कमरुदीन राईले भने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामाथि शंका नगर्न भन्दै अधिकारप्राप्ति नभएसम्म आन्दोलन जारी रहने बताए । सम्पूर्ण मधेशवादी दलहरु एकतावद्ध संघीयता विरोधी पार्टी विरुद्ध सशक्त रुपमा प्रस्तुत आफूहको जीत सुनिश्चित हुने उनले विश्वास व्यक्त गरे ।
श्रद्धाञ्जली सभा सम्वोधन गर्नुहुँदै संघीय समाजवादी फोरम नेपालका बाँक कौशल कुमार मिश्रले भने वर्तमान सरकार सामन्तवादी सोचबाट ग्रसित रहेको भन्दै मधेशी, आदिवासी, जनजाती, दलित, मुस्लिम लगायतका सिमान्तकृत वर्गलाई अधिकार दिन नचाहेको प्रष्ट पारे । प्रमुख तीन दलले मधेशमाथि ‘फूट डालो और राज करो’को सिद्धान्त तहत मधेशीलाई फुटाउन चाहिरहेकोले त्यस्ता पार्टीहरुको झुटो एवम् भ्रमपूर्ण कुरामा विश्वास नगर्न नेता कौशलले आग्रह गरे ।
नेपालगञ्जमा आइतबार आयोजित श्रद्धाञ्जली सभामा मोर्चाका घटक संघीय समाजवादी फोरम नेपालका बाँके नेतृ मम्मत बनिर्या , सद्भावना पार्टीका बाँक नेता सुरेश बार्म तराई मधेश लोकतान्त्रिक पार्टीका राजकिशोर मिश्र लागयत १०० जान सहभागी भएका थिए ।