मगर अध्यनको लागी देउसी भैलौ बाट १ लाख १७ हजार संकलन

आदिवासी जातिका ऐतिहासिक राजा “बलिहाङ अर्थात बलिराजा”को कालखण्डदेखि चलिआएको तिहार चाड र देउसी भैलो खेलेर रकम जम्मा गरी सामाजीक कार्यमा  लगाउने चलन नेपालका आदिवासी जातिहरुमा प्राचिन कालदेखि चलिआएको परम्परा हो ।

आदिवासी समुदायमा तिहारमा खेलीने देउसी भैलो कार्यक्रमबाट उठेको रकमले थुप्रै सामाजिक कार्यहरु गरेको उदाहरणहरु नेपालमा प्रशस्त पाउन सकिन्छ । त्यही सिलसिलामा मिति २०७३ कात्र्तिक १५ गते गोवद्र्धन पूजाको दिन मगर अध्ययन केन्द्रले “अध्ययन तथा प्रकाशन कोष”को सहयोगार्थ १ दिने देउसी कार्यक्रम सम्पन्न गरेको छ । सो देउसी भैलो कार्यक्रमबाट प्राप्त रकम मगर जातिको अध्ययन अनुसन्धानमा खर्च गरिने, मगर अध्ययन केन्द्रका अध्यक्ष पूर्व ए.आई.जी. डा. गोविन्द प्रसाद थापाले बताउनु भयो । सो केन्द्रले नियमित रुपमा शोधमुलक जर्नल “शोधमाला” प्रकाशन गर्दै आउनुका साथै थुप्रै अध्ययन अनुसन्धान गरी शोधमुलक पुस्तकहरु पनि प्रकाशन गरेको छ र यसका साथै मगर जातिको सन्दर्भमा विविध प्राज्ञिक बहस, कार्यशाला गोष्ठीहरु गर्ने गराउने गरेको छ ।

आज समग्र मगर  जाति/समाज, आफ्नो चाडबाड, धर्म, संस्कार र संस्कृतिका सम्बन्धमा गहिरो अध्ययन अनुसन्धान नभई हचुवा राजनैतिक निर्णयहरु विगतमा भएकोले अन्योलनमा फसेको छ । मगर जाति र समाज, मगर जातिको चाडबाड, धर्म, संस्कार र संस्कृति तथा पहिचानका सन्दर्भमा स्पष्ट हुनको लागि बृहत्तर रुपमा अध्ययन अनुसन्धानको खाँचो भएको कुरा प्रा.डा. केशरजङ बरालमगर, प्रा.डा. चित्र बुढाथोकी, मा. सांसद प्रा.डा. कृष्ण बहादुर छन्त्याल, डा. श्यामु थापामगर, डा. मीन श्रीस लगायतका थुप्रै प्राज्ञिक व्यक्तित्वहरुले बताउँदै आएका छन् ।

जुन व्यक्तिगत अध्ययन अनुसन्धानबाट सम्भव छैन र यस्तो बृहत्तर अध्ययन अनुसन्धानको कार्य गर्न करोडौं रुपियाँको बजेटको आवस्यकता पर्दछ । सबै मगरहरुको छाता संगठन नेपाल मगर संघ पनि अन्य मुद्दाहरुमा अल्झिनु परेकोले ध्यान दिन सकेको छैन भने सरकारी लगानी शुन्य छ, यस्तो अवस्थामा मगर अध्ययन केन्द्रको काम “जुनकीरीको बत्ती” भए पनि केन्द्रलाई आर्थिक रुपमा सबल बनाई समग्र मगर तथा नेपालको बारेमा अध्ययन अनुसन्धान गरी सही तथ्य बाहिर ल्याउनको लागि एक अक्षय कोषको स्थापना गरेको केन्द्रका महासचिव हर्क थापामगरले बताउनु भयो । उक्त अक्षयकोषमा योगदान दिन चाहाने व्यक्तित्वहरुले, अध्ययन अनुसन्धानमा योगदान पुर्याउन चाहाने व्यक्तित्वहरुले नेपाल बैंक लिमिटेडमा खोलिएको मगर अध्ययन केन्द्रको खाता नं. १९१ १० ३५६१४ मा रकम जम्मा गर्न सकिने केन्द्रका कोषाध्यक्ष गोपाल थापामगरले बताउनु भयो ।

मगर अध्ययन केन्द्रको देउसी भैलो टोली मेजर हरी बहादुर थापा, धोबीघाट; मेजर जीवनबहादुर राना, सानेपा; क्याप्टेन कमान सिंह राना, मानभवन; क्याप्टेन देउ बहादुर राना, भनीमण्डल; श्री सुरेन्द्र सिं राना, भैंसेपाटी; इश्वर/पद्यमा आले, बागडोल; पूर्व मन्त्री बालाराम घर्तीमगर, सातदोवाटो; श्री शिवकुमार गुर्माछाने, नखीपोट; लेप्टेन कर्णेल श्री रामकाजी राना, नखीपोट; श्री हुम बहादुर थापा, शान्तीचोक, क्याप्टेन कुल प्रसाद पुन, महालक्ष्मीस्थान ज्यूका निवासहरुमा गएर देउसी खेलेको थियो । सो कार्यक्रमबाट एक लाख सत्र हजार रुपैंया (रु १,१७,०००।–) मगर अध्ययनको सहयोगार्थ संकलन गरेको कोषाध्यक्षले जानकारी दिनु भयो । अन्य ईच्छुक महानुभावहरुले यस केन्द्रको बैंक खातामा रकम जम्मा गरी यस बर्षको तिहारमा मगर अध्ययनको लागि दान दिन सकिने कुरा कोषाध्यक्ष गोपाल थापा ज्युले बताउनु भयो ।

सो देउसी भैलो टोलीमा डा. गोविन्द प्रसाद थापा, श्री गुप्तबहादुर राना, श्री हर्कबहादुर थापा, श्री प्रतिभा पुन, श्री गोपाल सिं थापा, डा. मीन श्रीस, श्री विष्णुकुमार सिंजाली, श्री फटिक बहादुर थापा, श्री माया हिस्कीमगर, श्री पवित्रा राना, श्री मञ्जु राना, क्या.कुल प्रसाद पुन, श्री भीम राना, श्री भीष्म पुन, सुश्री कला वराल, सुश्री जुना वराल, श्री विक्रम राना, श्री द्धिप दर्लामी, श्री विभाष श्रीस, श्री प्रतिमा पुन, श्री शान्ति पुन, सुश्री सृजना पुन, श्री कुमार कार्की, सुश्री आलिसा सिंजाली, सुश्री सुस्मिता राना लगायतको सहभागीता थियो भने टोलीको नेतृत्व केन्द्रका अध्यक्ष डा. गोविन्द्र प्रसाद थापाले गर्नु भएको थियो ।