भीमाद नगरपालिका प्रमुखमा जनमुक्ति पार्टीका सारू उम्मेदवार

यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा तनहुँको भीमाद नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनमुक्ति पार्टी, तनहुँले झक

सारूमगरलाई उम्मेदवार बनाएको छ । राजमुपा, तनहुँका सचिव समेत रहेका नेता सारूमगरलाई भीमाद नगरको प्रमुखका रूपमा अघि सारिएको हो । प्रमुख दलहरूले समेत विभिन्न गाउँ र नगरका उम्मेदवारहरू टुंगो लगाइरहेका बेला राष्ट्रिय जनमुक्ति पार्टीले पनि आफ्ना उम्मेदवारहरू क्रमशः टुंगो लगाउँदै गएको छ । नेपाल मगर संघ तनहुँका पूर्व अध्यक्ष समेत रहेका नेता सारूमगरले, पार्टीनिकट राष्ट्रिय युवा मोर्चामा समेत काम गरिसक्नुभएको छ । मगर समुदायको राम्रै उपस्थिति रहेको भीमाद नगरपालिकामा सामुदायिक मत आफूले राम्रै तान्ने दाबी नेता सारूमगरको छ ।