इक्यान कास्कीका कार्यवाहक अध्यक्ष रमेश थापाले शिक्षामन्त्रालले शैक्षिक परार्मश केन्द्रहरुलाई धरौटी राख्नु पर्ने बाध्यात्मक व्यवस्थाप प्रति साना शैक्षिक परार्मशदाताहरु सचेत हुनु पर्ने बताए । भाषासंघ नेपाल कास्की पोखराको पहिलो साधारणसभाको उद्घाटन गर्दै थापाले ठुला परार्मश दातालाई मात्रै लक्ष्ति गरेर व्यवस्था गरि सबै मेलिर आन्दोलन अगाडी बढाउनु पर्ने बताए ।
उनले शैक्षिक परार्मशदाताले स्वादेशमा रोजगारी तथा विदेशबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोगी काम गरेको बताए । उनले भाषा संघ नेपाल र इक्यान कास्की मिलेर जापान जाने विद्यार्थीका लागि शैक्षिक मेलाको आयोजना गर्न सकिने बताए । कार्यक्रममा भाषा संघ नेपालका अध्यक्ष विक्रम उदास, मिना गुरुङले समितिलाई शुभकामना दिएका थिए ।
भाषासंघ नेपालका अध्यक्ष युवराज खनालको अध्यक्षतामा भएको साधारण सभाले महासचिब पुर्ण न्यौपाने प्रस्तुत गरेको महासचिबको प्रतिबेदन कोषाध्यक्ष कोपिला भुजेलले प्रस्तुत गरेको कोषाध्यक्षको प्रस्तीबेदन पास गरेको छ । कार्यक्रमा संघका प्रथम उपाध्यक्ष प्रकाश श्रेष्ठले स्वागत गरेका थिए । साधारण सभामा समिर थापाले प्रस्तुत गरेको आचारसहित माथि छलफल भएको थियो । भाषसंघ नेपाल पोखरामा रहेर जापान पठाउदै आएका शैक्षिक परार्मश दाताहरुको सस्था हो । यो सस्थामा ४० वटा सस्थाहरु सदस्य रहेका छन् ।
Leave a Reply