भाट समाजद्धारा मादीनदिमा मलामी विश्राम ट्रस निर्माण

पोखरा । रानाभाट तथा भाट समाज नेपाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. १३, काहँुखोला इकाईको सक्रियता तथा मादी गाउँ पालिकाको आसिंक आर्थिक सहयोगमा मादी नदिको किनारमा मलामी विश्राम ट्रस निर्माण गरिएको छ ।

मादी गाउँ पालिका वडा नं. ३ साविक थुमाको डाडाँ गाविस वडा नं. २ पहिरे खोला दोभान स्थित मादी नदिको किनारमा निर्माण गरिएको सो मलामी विश्राम ट्रसको मादी गाउँपालिका प्रमुख वेदबहादुर गुरुङ (श्याम)ले शनिबार उद्घाटन गरेका छन् ।

उनले मलामी विश्राम ट्रस नहुदाँ अन्तिम दाह संस्कारको समयमा पानी पर्दा शव यात्रामा सहभागीहरुलाई धेरै नै समस्या पर्ने गरेको वताउँदै भाट समाजले विश्राम स्थल निर्माण गरेर पुण्यको कार्य गरेको वताए ।
समाजका केन्द्रिय सल्लाहाकार चिनु रानाभाटले विगतका जस्तो अवका दिनमा दुख भोग्नु नपर्ने वताए ।

उक्त मलामी विश्राम ट्रस निर्माण पश्चात करिब एक सय २० घर धुरीलाई सहज हुने छ । मलामी विश्राम ट्रस निमार्ण सम्पन्न गर्न २ महिना समय र करिब दुई लाख ४४ हजार लागेको समितिका कोषाध्यक्ष सुवेदार भिमबहादुर रानाभाटले वताए । गाउँ पालिकाबाट ६० हजार र अन्य रकम चन्दादान मार्फत गरिएको पनि उनले वताए ।

सोही अवसरमा नयाँ वर्ष २०७५ को शुभकामना आदानप्रदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
इकाइ समितिका सल्लहाकार तथा निर्माण समितिका संयोजक पित्रृराज रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको संचालन ज्योतिष रुद्रबहादुर रानाभाटले गरेका थिए ।