भदौरे महोत्सव सम्पन्न, पत्रकार लामिछाने पुरस्कृत

पोखराप्लस संवादाता

पुष ,पोखरा

कास्कीको भदौरेमा आयोजित १९ औं भदौरे पञ्चासे तथा तमु ल्होसार महोत्सव–२०७३ सम्पन्न भएको छ । महोत्सव अन्र्तगत पुरुष फुटवलको उपाधी एनवाइसी रत्नचोकले जितेको छ । फाइनल खेलमा विटी गाइजलाई सडन डेथमा पराजित गर्दै रत्नचोकले नगद ४४ हजार ४ सय ४४ रुपैयाँ सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । दोश्रो भएको विटीले नगद ३३ हजार ३ सय ३३ रुपैयाँका साथमा कप मेडल पुरस्कार प्राप्त ग¥यो ।


पुरुष भलिवलको उपाधी सिदिङ्ग युवा क्लवले जितेको छ । फाइनल खेलमा सिदिङ्गले तमु पेलु संघ, केन्द्रिय युवा समितिलाई सोझो ३ सेटमा पराजित गर्दै नगद ३० हजार सहित शिल्डम मेडल पुरस्कार प्राप्त ग¥यो । दोश्रो भएको तमु पेलुले २० हजार सहित कप मेडल पुरस्कार प्राप्त ग¥यो । प्रतियोगिताका विजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि कास्की जिल्ला फुटवल संघका उपाध्यक्ष मिलन गुरुङ्गले पुरस्कार वितरण गरे ।

भदौरे क्लवले पत्रकार विनोद लामिछानेलाई पुरस्कृत गरेको छ । गाउँको समाचार सम्प्रेशण गर्दै ग्रामीण पर्यटन प्रवद्र्धनमा महत्पूर्ण योगदान गरेको भन्दै क्लवले यो वर्ष पत्रकार लामिछानेलाई पुरस्कृत गरेको हो । उक्त पुरस्कारको राशि नगद रु ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान पत्र रहेको छ ।

क्लवका अध्यक्ष जिवन गुरुङ्ग, संरक्षक आशबहादुर गुरुङ्ग, निवर्तमान अध्यक्ष अमर गुरुङ्ग, पूर्वाध्यक्ष आइन्दल गुरुङ्ग लगायतले लामिछानेलाई खादा, अबिर, माला सहित सम्मान पनि गरे । पुरस्कृत पत्रकार लामिछाने आदर्श नेपाल दैनिकका सम्पादक तथा रेडियो बाराहीका खेलकुद संयोजक हुन् । क्लवले गत वर्ष पत्रकार रमेश पौडेललाई पुरस्कृत गरेको थियो ।