पोखराप्लस संवादाता
पोखरा ,पुस ।
ब्लड क्यान्सर बाट ग्रसित बाराका राजन बख्रेललाई युनाइटेड क्लव पोखराले आर्थिक सहयोग गरेको छ । बारा जिल्ला गढीमाई नगरपालिका ४ घर भइ हाल भरतपुर क्यान्सर अस्पतालमा उपचाररत बख्रेललाई उपचाररत अस्पतालमा पुगी २५ हजार रुपैया नगद प्रदान गरेको हो ।
युनाईटेड क्लवका स्वास्थ्य विभाग संयोजक सूर्य बहादुर बानियाको नेतृत्वमा पुगेको टोलीले उपचार खर्च स्वरुप २५ हजार रुपैया प्रदान गरेकोे हो । सहयोग रकम हस्तान्तरणमा क्लवका अध्यक्ष सुक बहादुर गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, प्रथम उपाध्यक्ष लालकाजी गुरुङ, द्धितिय उपाध्यक्ष लोक बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा वोल्दै क्लवका स्वास्थ्य बिभाग संयोजक सूर्य बहादुर बानियाले युनाइटेड क्लवको अभियान स्वास्थ्य ,शिक्षा, खेलकुद र पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणको क्रममा क्लव अगाडी वढीरहेको र सोही अनुरुप स्वास्थ्य कार्यक्रम अन्तर्गत राजन बख्रेललाई सहयोग गरेको वताए । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने वताए ।
क्लवका अध्यक्ष सुक वहादुर गुरुङले क्लवले स्थापना कालदेखि युनाइटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद र पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा काम गर्दै आइरहेको वताउदै यसरी महोत्सवबाट उठेको रकमलाई सदुपयोग गर्दै विभिन्न सामाजिक सेवामा प्रदान गर्न आफुहरु अग्रसर भएर लागी परेको वताए ।
आगामी पुस २९ देखि माघ १० गते सम्म पोखराको अमरसिंह चौरमा सातौ संस्करणको पोखरा महोत्सवको तयारी तीब्रताका साथ अगाडी वढिरहेको र आगामी दिनहरुमा सामाजिक क्रियाकलापलाई निरन्तरता दिन आफ्नो क्लव प्रतिवद्ध रहेको वताए
Leave a Reply