बिरु घर्ती मगरको दोश्रो प्रस्तुती पलपल एल्वम बजारमा आउने तयारीमा

छबि मगर biru पोखरा

देशभक्ति संगै आधुनिक तथा पप गीतको संग्रह बिरु घर्ती मगरको दोश्रो प्रस्तुती पलपल एल्वम बजारमा आउने तयारीमा रहेको छ । यसअघि आदिम एल्वम बजारमा ल्याइसकेका पोखरेली युवा घर्तीमगरले यसपालि मेहनतका साथ आफ्नो दोश्रो एल्वम पलपल बजारमा ल्याउने तयारी गरेका हुन । घर्तीमगरले आफ्नो सैनिक जागिर संगै संगीत साधनालाई निरन्तरता दिदै एल्वमको तयारी गरेका हुन ।

एलवममा समावेश गीतमा स्वर बृष घर्ती मगरको रहेको छ भने , शब्द रचना गौरव गुरुङ ,बृष घर्ती मगर, संगीतकारहरु योगेश काजी र मोहन राइले संगीत गरेका छन । एल्वमका तीनवटा गीतमा गायकको आफ्नै संगीत रहेको छ भने ५ वटा गीतमा आफ्नै रचना रहेको छ । ६ वटा गीत रहेको एल्वममा एलवमको टाइटल गीत प्रेम भाव पलपल, देशभक्ति गीत निशान छ, म त हासी हासी मर्न पाउ, डान्सिङ गीत आउ यो पल संगै बिताउ, प्रेम वियोग को गीत अव त आस पनि र म देखी टाढा भन्ने गीतहरु समावेश रहेका छन ।

एल्वममा रहेका गीतहरु मध्ये पलपल, मत हासी हासी मर्न तयार छु र अव त आश पनि भन्ने गीतको भिडियो तयार भइसकेको छ भने अन्य गीतहरुको भिडियोको छांयांकनको तयारी अवस्थामा रहेको गायक बृष घर्ती मगरले पिसपोखराडटकमलाई जानकारी दिए । यस एल्वममा विशेषगरी देशभक्ति र प्रेम भावका गीतहरुलाई समेटिएर लामो समयको साधाना पश्चात एल्वम तयार पारेका हुन । केही हप्तामा एल्वमको बिशेष समारोहबीच बिमोचन गर्ने तयारी भइरहेको घर्ती मगरले जानकारी दिए ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *