बाल क्लब संजाललाई सञ्चार तालिम

 

नगर स्तरीय बाल क्लब संजालका पदाधिकारीहरुकालागि एक दिने अन्तर बैयक्तिक सञ्चार बिषयक तालिम आज सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, युनिसेफको सहयोग तथा बास नेपालगन्जको सहजिकरणमा सो तालिम सम्पन्न भएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले नेपालगन्ज उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाउनका लागि उपमहानगरपालिकालागि परेको बताईन् । बाल क्लबका पदाधिकारीहरुको सञ्चारलाई प्रभावकारी बनाउन तालिम प्रभावकारी हुने उनको भनाईथियो । समापन कार्यक्रममा बोल्दै युनिसेफ नेपालगन्जका बाल संरक्षण अधिकृत राम प्रसाद गौतमले समाज परिवर्तनका लागि बालबालिकाको भुमिका महत्वपूर्ण हुने भन्दै सिकेको कुरालाई अभ्यासमा ल्याउन सहभागिहरुलाई अनुरोध गरे । उनले नगर भित्र रहेका बालश्रमिकहरुको संरक्षण गरि उनीहरुलाई पूर्नस्थापना गर्न बाल क्लबको भुमिका महत्वपूर्ण हुने बताए । यसैगरी समापन कार्यक्रमका अतिथि शिब कुमार बर्माले तालिमबाट सिकेको कुरालाई एक अर्को गरि साथिहरुलाई प्रवाह गर्न अनुरोध गरे । उनले तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागु गर्न अनुरोध गरे । तालिमको समापन कार्यक्रममा सहभागिको तर्फबाट प्रतिक्रिया मन्तब्य दिदै सहभागि अन्जना चर्तुबेदिले तालिमबाट प्रभावकारी सञ्चार शिपको बारेमा प्रष्ट जानकारी भएको बताईन् । यसैगरी तालिमका अर्का सहभागि यम गिरीले सञ्जाललाई कसरी संचालन गर्ने भन्ने बारेमा तालिमबाट शिप हासिल गरेको बताए । उनले सिकेको शिपलाई ब्यहारमा लागु गर्ने प्रतिबद्धता गरे । तालिममा अन्तर बैयक्तिक सञ्चारका विभिन्न बिषयमा प्रशिक्षक बासका कार्यकारी निर्देशक नमस्कार शाह, अध्यक्ष मन भण्डारी र उप निर्देशक हेमराज भट्टले सहजिकरण गरेका थिए ।तालिमका सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापामगरले प्रमाण पत्र बितरण गरेका थिए । नगर स्तरीय बाल क्लब सञ्जाल, जिल्ला बाल क्लब सञ्जालका पदाधिकारी गरि ३३ जनाको उपस्थितीमा भएको तालिमको समापन बासका अध्यक्ष मन भण्डारीले गरेका थिए ।