संघीय समाजवादी फोरम कास्कीले हालै सम्पन्न प्रतिनीधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको समिक्षा गरेको छ । जनतालाई पहिचान, अधिकार, समानता, समानुपातिक प्रतिनिधित्व, तमुवान लगायतका विषयमा जागृत गर्न नसकेकाले मत अपेक्षाकृत प्राप्त नभएको समिक्षा गरिएको छ । प्राप्त उपपलध्लिाई पुजिकृत गर्दै संगठन विस्तार र जागरण तथा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने निर्णयका साथ आगामी निर्वाचन जित्ने गरी तयारीमा जुट्ने संकल्प गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि संघीय समाजवादी फोरमका केन्द्रीय राजनीतिक समितिका सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङले पार्टी गठनको छोटो अवधिमा लामो आन्दोलनका कारण अपेक्षाकृत मत प्राप्त नभए पनि जनादेशलाई सम्मान गर्दै मधेशमा बलेको पहिचान, अधिकार, समानताको दियो पहाडमा पनि बाल्ने प्रतिवद्धता व्यक्त गरे । मधेशमा विभेद र उत्पिडनका विरुद्ध चेनता जागरणका साथ पार्टीले उठाएका मुद्धाहरु जनतालाई बुझाउन सकेकाले प्रदेश सरकार गर्ने जनमत प्राप्त भएको बताउदै अब पहाडमा पनि निरन्तर राजनीतिक अभियानले पहिचान र अधिकारको जनमत तयार पार्ने बताए । संगठन, प्रशिक्षण र निरन्तरताले पार्टीले आगामी निर्वाचनसम्ममा फड्को मार्ने दावी गरे ।
राजनीतिक समितिका सदस्य तथा क्षेत्र नं. ३ बाट प्रतिनीधिसभा सदस्यका उम्मेदवार बनेका पुर्व सांसद डिवी नेपालीले संगठन निर्माण, विभेद विरुद्धको अभियान र सामाजिक साँस्कृतिक राजनीतिक जागरणले पार्टीले उचाई लिने बताउदै मतदाता तथा चुनावी अभियन्ताहरुलाई धन्यवाद व्यक्त गरे ।
प्रदेश सभाकी उम्मेदवार बनेकी काशीमाया गुरुङले हारलाई जितमा परिणत गर्न संगठन विस्तार, नेतृत्व स्थापित, राजनीतिक जागरण अभियान जरुरी रहेको बताउदै प्राप्त मतले आफु प्रोत्साहित भएको बताइन ।
कार्यक्रममा संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष दीपक तामाङले निर्वाचनको समिक्षात्मक प्रतिवेदन र बैकल्पिक केन्द्रीय सदस्य हुमबहादुर गुरुङ आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रममा रामकाजी सिके, पदमबहादुर गुरुङ, सु.नौबहादुर गुरुङ, टेकबहादुर तामाङ, ले.गंगाबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, हर्कबहादुर गुरुङ, क्या.नरेश थापा, गमबहादुर गुरुङ, चन्द्र तामाङ, हरिप्रसाद गुरुङ, सुमे चेतबहादुर गुरुङ लगायतले निर्वाचनको समिक्षात्मक विचार व्यक्त गदै सुझाव प्रस्तुत गरेको कार्यक्रम संचालक सचिव गिरीप्रसाद गुरुङले जानकारी दिए ।
Leave a Reply