फोटोपत्रकार श्रेष्ठ र आले द्धारा फोनिजको कल्याणकारी कोषलाई २० हजार सहयोग

आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीले स्थापना गर्न लागेको पत्रकार कल्याणकारी कोषको सहयोगका लागी पत्रकार अन्जन श्रेष्ठ र मगर संघ हङकङका निवर्तमान अध्यक्ष तथा लाफा इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष चन्द्र ज्योती आले मगरले जनही १० हजार एक सय ५५ रुपैया सहयोग गरेका छन । श्रेष्ठ र आले मगरले हालै एक कार्यक्रमका वीच फोनिज कास्कीका अध्यक्ष एमबी आस्था मगर र कोषाध्यक्ष उपमा आले मगरलाई रकम हस्तान्तरण गरेका हुन ।

सो समारोहमा वोल्दै फोटो पत्रकार तथा पोखरामा रहि रमाइलो छ डटकम अनलाइन समेत सञ्चालन गर्दै आएका श्रेष्ठले पत्रकारको सहयोगका लागी सानो भएतापनि सहयोग रकम हस्तान्तरण गर्न पाउदा खुसी लागेको वताउदै आगामी दिनमा पनि फोनिज कास्कीको कल्याणकारी कोष स्थापनाका लागी सक्दो सहयोग गर्ने वताए ।

त्यस्तै मगर संघ हङकङका निवर्तमान अध्यक्ष तथा लाफा इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष चन्द्र ज्योती आले मगरले पत्रकार कल्याणकारी कोषका लागी आफुले ब्याक्तिगत रुपमा सानो रकम सहयोग गरेको वताउदै आगामी दिनमा आफ्नो संस्थाबाट पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

हाल सम्म आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीले स्थापना गर्न लागेको कल्याणकारी कोषमा ४६ हजार रुपैया संकलन भइसकेको छभने कोष स्थापनाको सहयोगार्थ आगामी कार्तिक २८ गते नेपाली चलचित्र रानीको च्यारिटी शो गर्ने र त्यसको तयारी तीब्र रुपमा अगाडी वढिरहेको फोनिज कास्कीका अध्यक्ष एमबी आस्था मगरले वताए