फोनिजले निर्वाचन सम्बन्धि अभिमुखीकरण कार्यक्रम गर्ने

Today Pokhara
0Shares

उमा आलेमगर
आदिवासी जनजाति पत्रकार महासंघ कास्की ( फोनिज ) ले पोखराका क्रियाशिल पत्रकारहरुलाई निर्वाचन सम्बन्धि अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।महासंघको आज पोखरामा बसेको बैठकले स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचनमा कसरी रिपोर्टिङ्ग गर्ने भन्ने सम्बन्धमा वैशाख दोस्रो हप्ता उक्त कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।बैठकले सल्लाहकारमा दुई जना पछि थप गर्ने गरि ५ जनालाई चयन गरेको छ । सल्लाहकारमा महासंघका निवर्तमान अध्यक्ष हुमबहादुर गुरुङ, सुरेन्द्र थापा मगर, राजबहादुर गुरुङ, सरस्वती गुरुङ र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई चयन गरिएको हो ।

त्यस्तै विभिन्न आदिवासी जनजाति संघसंस्थासँग समन्वय गरेर सहकार्यका लागि छलफल कार्यक्रम चलाउने निर्णय पनि गरेको छ ।साथै फोनिजका सल्लाहकार हुमबहादुर गुरुङले गत फागुन ५ गते भएको पत्रकार महासंघ कास्कीको दशौँ अधिवेशनमा निर्वाचनका क्रममा पार्षद ( सभासद ) पदमा भएको भोटिङ्ग गन्ने क्रममा त्रुटीपूर्ण रहेको भन्दै निर्वाचन मण्डलमा तथा नेपाल पत्रकार महासंघमा दिइएको उजुरीलाई यथाशक्य कार्यान्वयनका लागि दबाब दिने निर्णय पनि बैठकले गरेको छ ।