प्रवास गुल्मी केर विश्व संजाल कतार द्रारा मृतकका परिवारलाई सहयोग

Today Pokhara
0Shares

छबि मगरunnamed
गुल्मी बामेटक्सारका बिर बहादुर बि.क को परिवारलाई कतार बाट गुल्मी केर विश्व संजालले सहयोग गरेको छ । गुल्मी बामेटक्सारका बिर बहादुर बि.क बैदेशिक रोजगारका क्रममा उनको दुबै मृगौला फेल भएपछि नेपाल फर्कका थिए । उनको उपचारको क्रममा पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा मृत्य भएकोे हो ।

बिर बहादुरको नाम कुनै घर बास , सम्पती नभएकोले उनको परिवार लाई केहि राहात होस भनी हामीले थोरै रकम रु ३१००० उहाकी धर्मपत्नी गिता बि.क लाई पठाएको टिमका संयोजक लोकेश गैरेले बताए । हामीले पौडेल फोटो स्टुडियो ले यूटुबमा राखेको भिडियो बाट थाहा पाई साउदी अरब जेलमा पर्नेु भएका रामचन्द्र बचाउ अभियान संकलन भएको केही रकम पठाएको बताए ।

रामचन्द्र बचाउ अभियान मा चहिने भन्दा केही बढी रकम उठेकोले हामी यस्तै कार्य सहयोग गर्ने बताएकाछन् । अब बाकी रकम पनि हामी उदिम मिडिया प्रा.लि सगेै सहकार्य गरेर असाय बालबालिको पढाई सयोगार्थ असाय मानिस सहयोगार्थ पठाउने बताए । प्रदेशमा भएपनि हामी ले रातदिन कमाएको पसिनाको कमाई बाट सबै ले बरु आफुले खाने चिया,कफि, खाजा नखाएर संकलन गरेको रकम ले कसैको जिवन लाइृ अगाडिबढाउन थोरै सहयोग पुग्ने छ । हामीलाइ पनि त्यसेै खुसी मिल्ने बताउछन संयोजक लोकेस ।

स्याङजा पेल्काचौर का लोकेस गैरे, झापाका ,कृष्ण बहादुर बुढाथोकी, गुल्मीका केशब नेपाली, पाल्पाका नरेन्द्र चिन्दी मगर, सेफुल्ला दिन र अन्य अफनो साइटाम का गाडीचालकहरुको यहयोग बाट यो रकम जम्मा भएको संयोजक लोकेस ले बताए ।