पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा प्रकोपजन्य रोग विरुद्ध अभिमुखीकरण तालिम जारी रहेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आयोजनामा ५ दिने तालिम आईतवार देखी सुरु भएको हो ।
तालिममा सरकारी तथा निजि अस्पतालहरुमा कार्यरत चिकित्सक तथा पारमेडिक्सहरुको सहभागिता रहेको छ । प्रकोपजन्य रोगहरु फैलन नदिन पूर्व सावधानीको उपायहरु कसरी अपनाउने, प्रकोपजन्य रोगको कसरी रिपोर्ट गर्ने, नियन्त्रण गर्न के उपाय अपनाउने भन्ने बिषयहरुको वारेमा तालिममा जानकारी दिईनेछ । बिषेशगरी ईपिडिमियोलाजी तथा रोग नियन्त्रण महाशाखाले निर्धारण गरेका रोगहरु मलेरिया, झाडापखला, हैजा, श्वासप्रश्वास सम्बन्धी रोगहरु, डिङ्गो तथा फिवर जस्ता रोगहरुको वारेमा जानकारी दिईने कार्यक्रम संयोजक तथा मेडिकल रेकर्ड अधिकृत बद्रीराज घिमिरेले बताए ।
माघ ११ गते सम्म सञ्चालन हुने तालिममा प्रमुख वालरोग विशेषज्ञ डा. श्रीकृष्ण श्रेष्ठ, फिजिसियन डा. मनोज कोईराला, प्याथोलाजिस्ट डा. लक्ष्मण वास्तोला, फरेन्सिक मेडिसिन विशेषज्ञ डा. मदन प्रसाद बराल, मेडिकल रेकर्ड शाखा प्रमुख भिम प्रसाद पौडेल, मेडिकल रेकर्ड अधिकृत बद्रीराज घिमिरे र मेडिकल रेकर्ड अधिकृत मदन कुमार रञ्जितकारले प्रशिक्षण दिनेछन् ।
तालिम पश्चात सहभागीहरु प्रकोपजन्य रोगहरुबाट सजक र सतर्क भएर बिरामीहरुको सेवामा लाग्ने मेडिकल रेकर्ड शाखा प्रमुख भिम प्रसाद पौडेलले विश्वास लिएका छन् ।
Leave a Reply