पोखरा महोत्सवको प्रचार प्रसार स्वरुप लेखनाथको पचभैयामा सांगितीक कार्यक्रम सम्पन्न

 

पुसको अन्तिम साता पोखराको अमरसिंहमा हुने आठौ पोखरा महोत्सवको प्रचार प्रसार स्वरुप पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ पचभैयामा सांगितीक कार्यक्रम सम्पन्न भएको छ । लेखनाथको पचभैयामा रहेको प्रस्तावित अन्तराष्ट्रिय चिडियाखानाको परिसरमा निर्माण सम्पन्न बन्यजन्तु उद्धार तथा उद्यान केन्द्रमा लोकदोहोरी मार्फत आठौ पोखरा महोत्सवको प्रचार प्रसार स्वरुप कार्यक्रम गरिएको हो । पोखराका चर्चित कलाकारहरुले प्रस्तावित चिडियाखाना, चिडियाखाना भित्र निर्माण सम्पन्न बन्यजन्तु उद्धार केन्द्र र पोखरा महोत्सवको औचित्यलाई समेटेर महोत्सवको प्रचार प्रसार स्वरुप कार्यक्रमको आयोजना गरिएको युनाइटेड क्लवका महासचिव तथा आठौ पोखरा महोत्सवका प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए ।
सो अवसरमा वोल्दै पोखरा अन्तराष्ट्रिय चिडियाखाना समितीका संयोजक हिमालय बख्रेलले स्थापना कालदेखि युनाइटेड क्लवले पोखरामा अन्तराष्ट्रिय स्तरको चिडियाखाना निर्माणलाई पहलकदमी गर्दै आएको सन्दर्भमा आठौ महोत्सवको पूव सन्ध्यामा प्रस्तावित अन्तराष्ट्रिय चिडियाखानाको परिसरमा निर्माण सम्पन्न बबन्यजन्तु उद्धार केन्द्रबाट सांगितीक कार्यक्रमबाट महोत्सवको प्रचार प्रसार गर्न पाउदा निकै खुसी लागेको वताए । त्यसैगरी आठौ पोखरा महोत्सव मुल आयोजक समिती संयोजक तथा युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले पोखरा महोत्सवको प्रचार प्रसार कार्यक्रम विगतका भन्दा भिन्न शैलीमा आफुहरुले सोचेको सपना साकार हुदै गएको पोखरा लेखनाथको पचभैयामा निर्माणाधिन चिडियाखाना परिसरबाट सम्पूर्णमा सन्देश प्रदान गर्न पाउदा निकै खुसी लागेको वताए ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष तथा आठौ पोखरा महोत्सवका सल्लाहकार कमल बहादुर थापाले युनाइटेड क्लवको पहलमा निर्माणधिन अवस्थामा रहेको चिडियाखाना आफ्नो वडामा पर्ने भएकाले यसलाई निर्माण सम्पन्न गराउनका लागी आफुले पहलकदमी गर्ने वताउदै आठौ पोखरा महोत्सवको पूर्ण सफलताको कामना गरे । कार्यक्रम भब्य र सभ्य ढंगले सम्पन्न भएकोमा सवैलाई धन्यवाद दिदै क्लवका द्धितिय उपाध्यक्ष तथा महोत्सव सचिवालय उपसमिती संयोजक लोक बहादुर थापाले आगामी दिनमा पनि युनाइटेड क्लवको हरेक क्रियाकलापलाई सहयोग गर्न आग्रह गरे ।
पचभैयामा सम्पन्न सांगीतिक कार्यक्रममा लोकदोहोरी कलाकारहरु माया गुरुङ, रेखा गुरुङ, नवराज अधिकारी, सन्तोष सुनार, शुरेस गुरुङ, अर्जुन खनाल , कमला केसी लगायतले आफ्नो प्रस्तुती मार्फत पोखरा महोत्सवको प्रचार प्रसार गरेका थिएभने । उक्त सांगितीक कार्यक्रममा बाद्यवाधन तर्फ बासुरी बाधक दिवश थापा मगर, हार्मोनियममा संगीतकार तथा गीतकार श्रीमान थुलुङ, मादलमा गीतकार तथा संगीतकार धन बहादुर गायक , बिनोद गायक लगायतको प्रस्तुती रहेको महोत्सवका सांस्कृतिक उपसमिती संयोजक लालकाजी गुरुङले जानकारी दिए ।
उक्त कार्यक्रमलाई पश्चिमाञ्चलको पहिचान राष्ट्र निर्माणमा हाम्रो अभियान भन्ने मुल नारा बोकेको चार नम्बर प्रदेशकै नम्बर वान एच डि टेलिभिजन फेवा टेलिभिजनको फेवा चौतारी कार्यक्रमले संयोजन गरेको थियो । उक्त कार्यक्रमको सञ्चालन फेवा चौतारीका कार्यक्रम संचालक तथा फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज गुरुङले गरेका थिएभने कार्यक्रमको छायांकन सन्दिप खनाल र किशान पौडेलले गरेका थिए ।