नेकपा एमालेले बहुमत वडा सहित पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुख जितेको छ । शुक्रवार सम्पन्न मतगणना अनुसार वडा र क्षेत्रफलको आधारमा देशकै ठूलो महानगर पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुखमा एमाले उम्मेदवार विजयी भएका हुन् ।
महानगरको मेयरमा मान बहादुर जिसी र उप मेयरमा मञ्जुदेवी गुरुङ निर्वाचित भए । जिसी र गुरुङले प्रतिस्पर्धी कांग्रेस उम्मेदवारलाई भारी मत अन्तरले पराजित गरेका छन् । प्रमुखमा जिसीले कांग्रेस उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार अन्तरले मतले पराजित गरे । जिसीले कुल ६० हजार ११८ मत प्राप्त गर्दा कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरे । जिसीले कुँवरले भन्दा १३ हजार ७०२ मत बढी प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् ।
त्यस्तै उप मेयरमा पनि मञ्जुदेवी गुरुङले कांग्रेस उम्मेदवार सरस्वती गुरुङलाई । एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेस उम्मेदवार सरस्वती गुरुङलाई ११ हजार २२५ मत अन्तरले पराजित गरेकी हुन् । विजयी मञ्जुदेवी गुरुङले कुल ५४ हजार १०० मत प्राप्त गर्दा पराजित सरस्वती गुरुङले ४२ हजार ८७५ मत प्राप्त गरिन् ।
Leave a Reply