पोखरा पन्थी गल्लीमा भेटिएको २ लाख रुपैयाँ सम्वन्धित व्यक्तिलाई फिर्ता दिइयो

गत जेठ १० गते २ फरक फरक ठाउँमा पोखराको चिप्लेढुङ्गा पन्थी गल्ली सर्वेशोर मार्गमा भेटिएको २ लाख रुपैयाँ रकम सम्बन्धित ब्याक्तिलाई फिर्ता गरिएको छ । कास्की प्रहरीका प्रहरी नायव उपरिक्षक खडक बहादुर खत्रीको रोहबरमा शुक्रबार एक कार्यक्रमका बिच रकम भेट्टाउने तारा लुईटेल र गीता अधिकारीले सम्बन्धित ब्याक्ति हरि रानाभाट लाई रहम हस्तान्तरण गरेका हुन ।गत जेठ १० गते तारा लुईटेल र गीता अधिकारीले उक्त रकम पन्थी गल्लीमा भेट्टाएका थिए । उक्त रकम माछापुच्छ्रे गाउँपालिका वडा ४ का हरि रानाभाटको रहेको र सम्बन्धित ब्याक्तिलाई भेटिएको रकम प्रदान गर्न पाउदा निकै खुसी लागेको लुइटेल र अधिकारीले सो समारोहमा बताए ।