छबि मगर
पोखरा, असोज ।
पोखरा ट्रेड मल र बिग एफएमबीच व्यवसायिक सहकार्य भएको छ । नेपालकै सर्वाधिक पुरस्कार राशि भएको गायन रियालिटि शो ‘बिग आइकन’को सातौँ सँस्करणका लागि यी दुई संस्थाबीच व्यवसायिक सहकार्यको सम्झौता भएको हो । पोखरा ट्रेड मल बिग आइकनको ‘सपोर्टेड बाई’ टाइटलमा फाईनल भएको एफएमले जनाएको छ ।
आईतबार बिग एफएमका मार्केटिङ म्यानेजर कमल बराल र पोखरा ट्रेड मलका प्रबन्ध निर्देशक मिनराज काफ्लेबीच बिग आइकनको लागि सम्झौता भएको हो । सम्झौता भएसँगै ट्रेड मलका प्रबन्ध निर्देशक काफ्लेले बिग आइकनको प्रभावकारिता देखेर आफुहरुले व्यवसायिक सहकार्य गरेको बताए ।
‘बिग आइकनले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो प्रभावलाई विस्तार गरिरहेको छ । र, यो ईभेन्टसँग जोडिन पाउँदा निकै खुशि लागेको छ ।’ उनले भने ।त्यस्तै बिग एफएमका मार्केटिङ म्यानेजर कमल बरालले पोखराको पहिलो व्यवसायिक मलसँग व्यवसायिक सहकार्यले ठुलो अर्थ राख्ने बताए ।
बिग आइकनको सातौँ सिजनको अडिसन राउण्ड चाँडै नै शुरु हुने एफएमले जनाएको छ । हालसम्म यो इभेन्टका लागि टेलिभिजन पार्टनरमा एभिन्यूज टेलिभिजन, होटल पार्टनरको रुपमा ‘होटल बाराहि’ र पावर्ड बाई टाइटलमा ‘स्यालुट गोर्खा ट्रेनिङ सेन्टर’ले सहकार्य गरिसकेका छन् । हाल अडिसनमा सहभागिताका लागि ईच्छुक गायन प्रतिभाहरुलाई एफएमले निशुल्क रुपमा फाराम वितरण गरिरहेको छ ।
Leave a Reply