पोखरा उपत्यका बृहत सफाइ अभियान सेतीका घाटमा

टुडे पोखरा संवाददाता
0Shares

छवि मगर

पोखरामा जारी बृहत् सफाइ अभियान वडा नं. २५ स्थित सेती मर्दी दोभानघाटमा शनिबार सम्पन्न भएको छ ।
८७ औं हप्ताको उक्त श्रृंखलाअन्तर्गत करिब ५ टन फोहरको थुप्रो सफाइसँगै लथालिङ्ग काठ दाउरा समेत व्यवस्थापन गरिएको अभियन्ता अन्जु केसीले बताइन् ।
हाम्रा घाटहरु व्यवस्थित, सफा र पवित्र हुनुपर्नछ भन्ने मान्यताका साथ अभियान सेती नदीमा प्रवेश गरेको उल्लेख गर्दै सेती नदीमा सोझै खसालिएका मलमूत्र र दुर्गनिधत ढलहरु अविलम्ब बन्द गर्न महानगरपालिकाको गम्भीर ध्यानाकर्षण गराइने अभियान संयोजक रामबहादुर पौडेलले बताए ।
महानगरको झण्डै ३ सय ५ किमी लम्बाईमा फैलिएको सेतीमा करिब ३२ वटा घाट छन् ।
केआइसिं पुलदेखि महेन्द्रपुलहुँदै नयाँबजार, घारीपाटन, सीतापाइलासम्म अधिकांश घर, होटल र रेष्टुरेन्टका मलमूत्र सोभैm सेती नदीमा मिसाउँदासमेत नगरपालिकाले कुनै कारबाही गरेको पाइँदैन ।
सेती नदी सफाइ अभियानको पूर्ण सफलताको कामना सहित कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले घाटमा थुप्रिएको फोरमैला उठाएर कार्यक्रम शुभारम्भ गरे ।
यसअघि उपस्थित सहभागीलाई वडा अध्यक्ष शोभाकर तिम्सिनाले सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराउनुका साथै उक्त घाट व्यवस्थित, सफा र पवित्र बनाइ राख्नेछु भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षरसमेत गरे ।
यसपटकको सफाइ अभियानमा नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआइसी एशिया बैंक, माछापुच्छे« महिला क्लब, जनप्रतिनिधि, स्थानीय आमा समूह, विभिन्न संघसंस्था लगायत वडाबासीको उल्लेख्य सहभागिता रहेको अभियन्ता एवं वडा ९ का वडासचिव लोकदर्शन कोइरालाले जनाए ।
आगामी साता ८८ औं हप्ताको सफाइ अभियान पोखरा १९ र २५ को समिनतराघाटमा हुनेछ ।