पोखरा उद्योग वाणिज्य संघको निर्वाचन आज

टुडे पोखरा संवाददाता
0Shares

छवि मगर

पोखरा, १ असोज -पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदैछ । पोउवा संघको ३१ औं महाधिवेशन शुक्रबार सुरु भएपछि आज शनिबार नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।

संघको विधान संशोधन पश्चात पहिलोपटक अध्यक्षसहित पदाधिकारी पनि प्रत्यक्ष निर्वाचित हुनुपर्नेछ । अध्यक्ष पदमा विश्वशंकर पालिखे, ईश्वरप्रसाद कर्माचार्य, देव क्षेत्री, धनीराम बराल, नारायण कोइराला,र हीरा भट्टराई चुनावी प्रतिस्पर्धामा छन्।

pcci-pokharaप्रतिस्पर्धीमध्ये क्षेत्री अहिलेको कार्यसमितिका प्रथम उपाध्यक्ष हुन् भने पालिखे, कर्माचार्य, कोइराला र भट्टराई कार्यसमिति सदस्य । बराल पूर्व कार्यसमिति सदस्य हुन् ।

सघंको वरिष्ठ उपाध्यक्षमा मीनराज काफ्ले र रवीन्द्रबहादुर प्रजु भिड्दै छन् । वाणिज्यतर्फको उपाध्यक्षमा बिन्दु कोइराला सुवेदी,सुरेश अधिकारी र केदारनाथ भट्टराईले उम्मेदवारी दिएका छन् । उद्योगतर्फको उपाध्यक्षमा सीता गुरुङ र गोर्कण कार्की, महासचिवमा दामु अधिकारी र लक्ष्मी क्षेत्री पाण्डेले प्रतिस्पर्धा गर्दैछन् । कोषाध्यक्षमा जनकराज पराजुली र पवन प्रजापति, उपमहासचिवमा नवीन बराल, अर्जुन पोख्रेल र धर्मराज अर्याल प्रतिस्पर्धामा छन् ।

१० खुला सदस्यका लागि २१ उममेदवार प्रतिस्पर्धामा छन् । खुला सदस्यमा नवराज त्रिपाठी,पवित्रादेवी गुरुङ,यदुनाथ अधिकारी, गिरधारी शर्मा, गीताकुमारी तिवारी, प्रेमप्रसाद पौडेल, बलराम आचार्य, गोमा ढकाल, देवकृष्ण काफ्ले, महेश्वर पोखरेल, कुमारी मुना बास्तोला, प्रेमबहादुर भुजेल, अर्जुन खनाल, किसान सुनार, हिमालय बख्रेल, हरिराज पन्त, कृष्णबहादुर रानाभाट, सीता बराल, चिनुकुमारी गुरुङ, सुरेन्द्रमान बिजुक्छे र अनील सिग्देल प्रतिस्पर्धामा छन् ।

कमलबहादुर बस्नेत र नरेन्द्र बास्तोला दुवैजना २ कर्पोरेट सदस्यमानिर्विरोध निर्वाचित भइसकेका छन् । ४ वस्तुगत सदस्यका लागि ८ जना प्रतिस्पर्धामा छन् । तारानाथ ढुंगाना, देवबहादुर भुजेल ‘डिबी’, गिरधारी अधिकारी, नारायणप्रसाद पौडेल, यमनाथ पौडेल, केपी शर्मा, यमनाथ तिमिल्सिना र माधवप्रसाद पौडेलले ४ वस्तुगत सदस्यका लागि प्रतिस्र्धामा छन् । उद्योगतर्फको १ सदस्यमा मोहनबाबु खड्का निर्विरोध निर्वाचित भइसकेका छन् ।

अध्यक्षले मनोनित गर्ने ४ र निवर्तमान अध्यक्षसहित संघको कार्यसमिति २९ सदस्यीय हुने विधानमा व्यवस्था छ । उद्योग वाणिज्य संघमा २ हजार ७ सय ४९ मतदातामध्ये साधारण २ हजार ६ सय २७, उद्योग ४५, कर्पोरेट ५४ र वस्तुगत २३ सदस्य छन् ।