पोखरामा यूएस एम्बेसी र लर्निङ हाउसको परामर्श

नेपालका लाग अमेरिकी दुतावास (यूएस एम्बेसी)को आयोजना र लर्निङ हाउसको सहकार्यमा आयोजित ‘एजुकेसन डे’ मा यहाँका विभिन्न स्कुलका विद्यार्थी, अभिभावक तथा शिक्षकहरुले परामर्श लिएका छन् । शुक्रबार दरबारथोक व्याङक्वेटमा आयोजित कार्यक्रममा करिब ५ सयको संख्यामा परामर्श लिनेहरुको उपस्थिती थियो ।
कार्यक्रममा अमेरिकी वाणिज्य दुतावास भिसा सेक्सन प्रतिनिधि, रिपब्लिका सम्पादक सुभास घिमिरे, लर्निङ हाउस एक्जुक्यूटिभ डाइरेक्टर नवाङ गुरुङ र स्थानीय उद्यमी दोर्जे लामाले वैदेशिक रोजगारी र अनुभव उपस्थित माझ साटे । नेपालका लागि अमेरिकी दुतावासका प्रतिनिधि ग्रेस क्यारोलले अमेरिकाको भिसा प्रोसेसिङ सम्बन्धी जानकारी दिए ।
बिहान १० बजेदेखि सुरु भएको कार्यक्रम दिउँसो ३ बजेसम्म चलेको थियो । कार्यक्रममा विद्यार्थी र अभिावक, शिक्षकको उपस्थितिले सफल भएको लर्निङ हाउसका डाइरक्टर नवाङ्ग गुरुङले बताए ।
पोखरामा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी अमेरिका अध्ययन गर्न जान चाहने र अध्ययन पश्चात अमेरिकाको ज्ञान सीपलाई नेपालको विकास विस्तारमा उपयोग गर्ने व्यक्तिहरुका निमित्त कार्यक्रम फलदायी भएको गुरुङले बताए । कार्यक्रममा लिगेसी व्याण्डले आफ्नो प्रस्तुती राखेको थियो ।