फेशन शो मा लाग्न चाहने युवायुवतीको लागि पोखरामा पहिलोपटक मोडलिङ प्रस्तिस्पर्धा हुने भएको छ । ‘फेस अफ फेशन’ नाम दिएर रमाइलो छ प्रालिले गर्न लागेको मोडलिङ प्रतिस्पार्धाकोे शनिबार भएको पहिलो अडिसनबाट १२ जना छनौट भएका छन् ।
अडिसनको निर्णायकमा भर्तीको फन्दा किताबका लेखक तथा पत्रकार मनोज घर्तीमगर, डा. राजेन्द्र मानन्धर, मिस लियो फस्ट रनर अप सेल्ताज कुँवर थिए । दोस्रो चरणको अडिसनपछि विभिन्न राउण्डबाट बढीमा ३० प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिने रमाईलो छ प्रालिका प्रबन्ध निर्देशक अञ्जन श्रेष्ठले जानकारी दिए । ‘यस्तो किसिमको प्रतियोगिता पोखरामा अहिलेसम्म भएको छैन’ प्रबन्ध निर्देशक श्रेष्ठले भने,‘पोखरामा हुने विभिन्न प्रतियोगिताभन्दा यो फरक कार्यक्रम हो ।’ प्रतियोगितमा १५ युवा र १५ युवती छनोट गरिनेछ ।
श्रेष्ठका अनुसार अन्तिम प्रतिष्पर्धामा छनोट भएका प्रतियोगीहरुको ग्राण्ड फिनाले असोज २८ गते पोखरा सभागृहमा हुनेछ । ‘फेस अफ फेशन’मा युवतीतर्फ एक र युवातर्फ एक जना बिजेता तथा उपबिजेता एकएकक जना घोषणा गरिने प्रतियोगिता संयोजक अनिस श्रेष्ठले जानकारी दिए । संयोजक श्रेष्ठका अनुसार बिजेताले नगद र विभिन्न गिफट् ह्याम्पर पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले पनि नगद र अन्य गिफ्ट पुरस्कार पाउनेछन् ।
प्रतियोगितमा एसएलसी उत्तिणर््ा, ५ फिट भन्दा बढी उचाइ भएका युवती र ५ फिट ४ इन्च उचाई भएका जहाँसुकैका युवा–युवतीले प्रस्पिर्धामा सहभागी हुन पाउने कार्यक्रममका सहसंयोजक लविस गुरुङले जानकारी दिए । १६ देखि २५ वर्ष उमेर समुहका युवायुवतीले भाग लिन पाउने प्रतियोगीतामा मोडलहरुलाई स्पेशल पहिरनको व्यवस्था पोखराको गैह्रापाटनस्थित स्यारोन् बुटिकले गर्नेछ । त्यस अवसरमा ड्रेस डिजाइनरको समेत प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको अनलाइन मिडिया पार्टनरमा डुटे पोखरा डटकम रहेको छ ।
Leave a Reply