पोखरामा मिनी सडक महोत्सव

छवि मगर
पोखरा, ९ असोज । ररेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेबान) पर्यटन प्रवद्र्धन गर्न ‘मिनी सडक महोत्सव’ गर्ने भएको छ । पर्यटन दिवसको अवसर पारेर असोज ११ गते महोत्सव गरिने रेवानका अध्यक्ष चौबहादुर गुरुङले आइतबार लेकसाइडको व्यञ्जन रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलामा जानकारी दिए ।

mini-street-festivaविश्व पर्यटन दिवसको अवसरमा रेवानले आठ वर्षदेखि मिनी सडक महोत्सव गर्दै आए पनि उनले त्यस अवसरमा बताए । एक दिन मात्र हुने मिनी सडक महोत्सव बाराही चोकदेखि खहरेसम्म बेलुका पाँच बजेदेखी राति अबेरसम्म हुने मिनी सडक महोत्सवका संयोजक वैभव पौडेलले बताए । पौडेलका अनुसार महोत्सवमा सडकमै विभिन्न राष्ट्रिय तथा अन्तर्रािष्ट्रय खानाको परिकार रेस्टुरेन्टहरुले उपलब्ध गराउने छन् ।

नेपालका विभिन्न जातीय तथा धार्मिक संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी, सडकमै मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुति मिनी सडक महोत्सवका आकर्षण हुने संयोजक पौडेलको भनाई छ । पञ्चेबाजा, गन्धर्व बाजा र लाइभ म्युजिक पनि मिनी सडक महोत्सव प्रस्तुत गरिने छ ।

मिनि सडक महोत्सवका दिन बस र जहाजबाट पोखरा आइपुग्ने पर्यटकलाई पोखरा एयरपोर्ट र बसपार्कमा फूलमाला र पञ्चेबाजा बजाएर स्वागत गरिनेछ । समेतले स्वागत गर्ने तयारी रहेको छ । लेकसाइडमा सौर्यबत्ती मर्मतसम्भार गरी सबैतिर बल्ने बनाइने र बिग्रेका सिसिटिभी मर्मतसम्भार गरी महोत्सवका दिनदेखी पुनःसञ्चालन गर्ने तयारी रहेको रेवान पोखरा निर्वतमान अध्यक्ष गोपी भट्टराईले बताए । महोत्सवको नेपाल पर्यटन बोर्ड महोत्सवको प्रवद्र्धक रहेको छ ।