पोखरामा बैंकिङ बिमाएक्स्पो हुने

पोखरामाआगामी चैत्र ११ र १२ गते बैकिङ बिमाएक्स्पो हुने भएको छ । बैकिङ सुचनाप्रवाहगर्ने तथाबित्तिय साक्षरताअभिबृद्धी गर्ने उद्धेश्यले कार्यक्रमगर्न लागीएको आयोजक मिडिया इन्टरनेशनलले जनाएको छ । आजपोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको औचित्वमाथीप्रकाशपारीएको हो । पोखरा नयाँबजार स्थीतप्रदर्शनी केन्द्रमाकार्यक्रमहुदैछ ।

सर्वसाधरणमा बैकिङ पहुच बढाउदै बैंकबाट कर्जा लिएर उद्यमशिलताको बिकास गर्न समेत एक्स्पो प्रभावकारी हुने आयोजकको बिश्वास छ । बित्तीयजागरण राष्ट्रिय अभियानका संयोजकमाधवनिर्दोषले भने – “बैकिङ सुचनाको अभावमालगानीकाबिधी, कर्जा र ब्याजबारे सामान्यजानकारी समेत नहँुदामानिसहरु बैकिङ पहुँचबाट टाढा छन ।” उनीहरुलाई बैकिङ क्षेत्रको पहुँचमाल्याएर स्वदेशमाउद्यमशिलताको प्रवद्र्धन गर्नु नै कार्यक्रमको मुख्य उद्धेश्य हुने संयोजकनिर्दोषको भनाई थियो । साथै बिमाको बिकास, बिस्तार तथाबिमाको आवश्यकता र महत्वकाबारेमाएक्स्पो मार्फत आमनागरीकले सही सुचनापाउने आयोजकले जनाएको छ ।

कार्यक्रममाबोल्दै नेपाल राष्ट्र बैंक पोखराकाकायममुकायमनिर्देशकतिलबहादुर गुरुङले पोखरा शहरी क्षेत्र भएपनीअझै पोखरा आसपासका ग्रामिण भेगमा रहेका मानिसहरुमा बैकिङ चेतनाको अभाव रहेकोले उनीहरुको बैकिङ सेवाको मुलधारमाल्याउनएक्स्पो प्रभावकारी हुने धारणा राखे । डेभलपमेन्ट बैंकर्स एसोशियसनकाबरीष्ठ उपाध्यक्षगोबिन्द प्रसाद ढकालले अहिले चालिस प्रतिशत नेपालीहरु संग मात्रबित्तिय सेवाको पहुँच रहेको अवस्थामाआमनागरीकमा बैकिङ सचेतनाअभिबृद्धी गर्न यस्ता कार्यक्रमहरुप्रभावकारी हुने बताए । डेभलपमेन्ट बैंकर्स एसोशियसनका सचिवतथा गण्डकी बिकास बैंककाप्रमुखकार्यकारी अधिकृत रेशमबहादुर थापा, ओम डेभलपमेन्ट बैंककाप्रमुखकार्यकारी अधिकृत बिश्वमोहनअधिकारी, पोखरा फाइनान्सकाप्रमुखकार्यकारी अधिकृत राजकुमार गुरुङ लगायतले एक्स्पो मार्फत बित्तिय सचेतना फैलाउनुपर्नेमाजोड दिए ।

एक्स्पोमाबिभिन्न बैंक तथाबित्त र बिमाकंपनीहरुको सुचनामुलक स्टलहरु रहनेछन ।साथै बैकिङ लगानी, कर्जा, उद्यमशिलता, बैकिङ तथाबिमा टेक्नोलोजीएवं बिमाको महत्वकाबिषयमाअन्तरक्रियात्मककार्यक्रम संचालन गरीने आयोजकले जनाएको छ ।

यस अघि काठमाडौ र इटहरीमा भैसकेको एक्स्पो पोखरामाभने पहिलो पटक हुदैछ ।नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथाबिमा समितिसंगको साझेदारीमाकार्यक्रमगर्न लागीएको हो । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन, नेपालबित्तीय संस्था संघ र माइक्रो फाइनान्स बैंकर्स एशोसियसनले एक्स्पोमाहातेमालो गर्दैछन ।