प्रदेश नम्बर ४ का प्रमुख बाबुराम कुवँरले गोरखापत्र नेपाली पत्रकारिताको मर्यादाको सुचक रहेको बताएका छन् ।
गोरखापत्र दैनिकको १ सय १८ औँ वार्षिक उत्सव तथा तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको उपलक्ष्यमा गोरखापत्र संस्थान पोखरा सम्पर्क कार्यालयद्वारा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख कुँवरले गोरखापत्रले राज्य र नागरिकलाई बढी भन्दा बढी फाइदा दिन सक्ने पत्रकारिता गरेको बताउँदै गोरखापत्रलाई समयसापेक्ष परिमार्जित गरेर लैजानुपर्ने आवश्यकता माथि पनि जोड दिए । उनले सामाजिक सुरक्षा सामाजिक न्याय र अपराध अनुसन्धानमा समेत गोरखापत्रको भुमिकालाई गहन रुपमा लिन आग्रह गरे ।
पत्रकारिता अख्तियार बिनाको अख्तियारी भएपनि नागरिक हकको जगेर्ना गर्न संविधान र कानुन अनुकुल सरकारलाई डोर्याउन मात्र नभई समाजको सारथीको रुपमा रहेको उनको भनाई थियो ।
संघीय संसदका संसद सर्य बहादुर के.सीले राणाकालमा पनि पत्रिका चाहिन्छ भनेर पत्रिका प्रकाशन गर्नु जनतालाई सुचना को हक दिनका लागी सरकार लाग्नुपर्छ भन्ने उदाहरण भएको बताए । गोरखापत्रले इतिहास मात्र बोकेर होइन यसलाई समयअनुरुप परिमार्जित गरि प्रतिष्पर्धी र व्यवसायी मुखी बनेर जान उनले सुझाव दिए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै गोरखापत्रका पोखरा सम्पर्क कार्यालयका संयोजक रमेश पौडेलले संघीयताको व्यवहारिक प्रयोगका लागी गोरखापत्रले कार्यक्रम राखेको बताउँदै अबका दिनमा गोरखापत्रलाई जनताको प्रिय पत्रिकाको रुपमा अगाडि बढाउने सुनाए । गोरखापत्रका लेखनाथ समाचारदाता एकराज गिरीले संचालन गरेको कार्यक्रममा कार्यक्रममा न्युनतम पारिश्रमिक समितीका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासघं कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठले पनि बोलेका थिए ।
Leave a Reply