पोखराप्लसवादाता
पोखरा कार्तिक ।
अमरसिंह स्पोट्र्स सेन्टरको फुटसल मैदानमा हुने प्रतियोगिता बेलुकी ६ देखि ९ बजेसम्म हुन्छ । प्रतियोगिताका संयोजक सुमित शेरचनले ‘इन्डोर/नाइट गेम’ को ढाँचामा खेलाइने उक्त प्रतियोगिता पोखरामै पहिलो भएको बताए । उनले पोखरामा रहेका व्यावसायिक कम्पनीहरुलाई खेलकुदप्रति अभिप्रेरित गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको उल्लेख गरे ।
उनले भने, ‘काममा व्यस्त रहने कर्मचारीको खेलमार्फत प्रतिभा प्रस्फुटन गराउन प्रतियोगिता आयोजना गरिएको हो । समूहका अध्यक्ष एवं क्रिकेटको राष्ट्रिय टिमका खेलाडी करण केसीले प्रतियोगिताले रात्री खेलको प्रवद्र्धन हुने बताए । उनले भारतको विभिन्न स्थानमा फुटसल मैदानमा इन्डोर क्रिकेट हुने गरेको बताउँदै पोखरामा भने नौलो हुने जनाए ।
व्यावसायिक कम्पनीका कर्मचारी मात्र भाग लिन पाइने प्रतियोगितामा महिला कर्मचारीलाई विशेष प्राथमिकता दिने बताइएको छ । टिम दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ । समूहले टिम दर्ताको लागि आह्वान गरिसेको छ । १२ टिम सहभागी हुने प्रतियोगितामा ३–३ टिम बनाइ ४ समूहमा लिग चरणका खेल खेलाइने छ । समूह विजेताहरु सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
६ ओभरको खेलमा ५ खेलाडी हुनेछन् । थप २ जना एक्स्ट्रा रहनेछन् । प्रतियोगितामा सहभागीलाई खेलकुद सामग्री आयोजकले नै उपलब्ध गराउने भएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट बलर, ब्याट्सम्यान र म्यान अफ दि सिरिजलाई मेडल प्रदान गरिने बताइएको छ
। अन्तिम प्रतियोगि दुई समूहलाई आयोजकले रात्रीभोजको व्यवस्था गरेको छ । प्रतियोगिताको अन्तिम दिन कास्की बहिरा क्रिकेट संघ र आयोजकबीच मैत्रीपूर्ण खेल हुने छ । हिमालयन यती गाइजमा राष्ट्रिय क्रिकेट खेलाडी करण केसी सहित सुमित शेरचन, अनील गुरुङ, रिकेश गुप्ता र अमृत गुरुङ सदस्य छन्
Leave a Reply