पोखराका सम्पादकहरुसँग अभिमुखीकरण

टुडे पोखरा संवाददाता
0Shares

पोखरा र आसपासका क्षेत्रका विभिन्न संचार माध्यममका कार्यरत सम्पादकहरुको तीन दीने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा पोखरामा सुरु भएको छ । सूचना तथा सञ्चार मन्त्रालय सूचना विभागको आयोजना तथा नेपाल पत्रकार महासंघ कास्कीको संयोजनमा भएको कार्यक्रममा ४० बढी सम्पादक तथा समाचार संयोजकको सहभागीता छ ।
पत्रकार र पत्रकारिताको विकास गर्न नीत तथा कार्यक्रम बनाउदा टेवा पुग्ने उद्धेश्यले पोखरामा यस्तो कार्यक्रम आयोजना गरेको विभागका महानिर्देशक वीरबहादुर राईले बताए । उनले संचार माध्यमका आयाम फरक भनए पनि तिनले समाजमा सूचना सम्प्रेषण गर्न आआफ्नो क्षेत्रबाट ठूलो योगदान दिएको बताए ।
महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारितालाई अझ बढी संवेदनशिल र जिम्मेवार गराउन यो तालिमले थप मद्दत पुर्याउने बताए । श्रोत व्यक्ति डा. सुरेस आचार्य र शरदचन्द्र वस्तीले कार्यक्रममा सहजीकरण गरेको महासंघ कास्कीका सचिव राम प्रसाद तिमिल्सिनाले बताए ।
यसै बिच नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीलाई सम्मान गरिएको छ । महासंघको हालै सम्पन्न २५ औं महाधिवेसनबाट केन्द्रीय सदस्यमा निर्वा्चित भएकोमा महासंघ कास्कीले उनको कार्यकालको सफलताको कामना सहित सम्मान पत्र, दोसला र माला लगायर सम्मान गरेको हो ।