पोखराका अग्रज पर्यटन व्यबसायी सुन्दर कुमार श्रेष्ठ पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा

Today Pokhara
0Shares

अग्रज पर्यटन ब्यवसायी सुन्दरकुमार श्रेष्ठ पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् । शहरी विकास मन्त्रालयले उनलाई उपत्यका नगर विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

श्रेष्ठ पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पनि हुन् ।  यसअघिका अध्यक्ष प्रकाशन मोहन खनालले कार्यकाल पूरा नहुदै रुपा गाउँपालिकाको प्रमुखमा उम्मेदवार हुने भएपछि राजिनामा दिएका थिए । उनको राजिनामापछि रिक्त रहेको नगर विकास समितिको प्रमुखमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।

 पोखरालाई नमुना सहर बनाउछु ,सबैको साथ चाहिन्छ : श्रेष्ठपोखरा उपत्यका नगर विकास समितिमा नवनियुक्त अध्यक्ष सुन्दरकुमार श्रेष्ठले पोखरा लेखनाथ महानगरलाई नमुना सहर बनाउन सबैको सहयोग रहने विश्वास ब्यक्त गरेका छन् ।

मंगलवार उपत्यका नगर विकास समितिको अध्यक्षमा नियुक्त भए लगतै पिसपोखरासँग उनले आफु पोखरा बनाउनका लागि नियुक्त भएको र त्यसका लागि सबै पोखरेलीको सहयोग रहने विश्वास ब्यक्त गरे । ‘पोखरालाई नमुना सहर बनाउने क्रममा पोखरेली सबैको सहयोग चाहिन्छ’ , उनले भने ‘ राम्रो पोखरा बनाउन चाहने सबैलाई साथमा लिएर हिड्ने हो । ’ पोखरा लेखनाथ महानगरमा निर्वाचित जनप्रतिनिधिहरुसँगको साथ र सहयोगले पोखरालाई उत्कृष्ठ सहर बनाउने उनको योजना छ ।

कार्यभार सम्हाले लगतै प्रथामिकता निर्धारण गरी काम अघि बढाउने उनले बताए । महानगरपालिका र तीनका वडा कार्यालय तथा त्यसका प्रमुखहरुसँगको सल्लाह , सहयोग तथा सहकार्यमा पोखरालाई नमुना सहर बनाउन आफु प्रतिबद्ध रहेको श्रेष्ठले बताए । महानगरपालिका र नगरविकास समिति एक अर्काको परिपुरक भएको काम गर्नुपर्ने उनको धारणा छ । साथै उनले आफ्नो कार्यकालमा कुनै किसिमको अनियमितता नगर्ने र हुन पनि नदिने प्रतिबद्धता जनाएका छन् ।

अग्रज पर्यटन ब्वयसायी श्रेष्ठ पोखरा पर्यटन परिषद्, पश्चिमाञ्चल होटल संघ एबं रोटरी क्लब आफ पोखराको पूर्व अध्यक्ष हुन् । उनी पोखरा उपत्यका नगर विकास समितिको २१ ऋौं अध्यक्ष हुन् ।

Home page