छविम मगर
पोखरा,२९ भदौ ।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार विश्वशंकर पालिखेले पोखराका विभिन्न व्यापारिक क्षेत्र र बजारहरुमा घरदैलो कार्यक्रममा व्यस्त छन् । अध्यक्ष पदका उम्मेदवार पालिखेले नेतृत्व गरेको समावेशी व्यवसायी समूह आज पनि भेटघाट र घैरदैलो कार्यक्रममा हिडिरहेको छ ।
भदौ ३१ र असोज १ गते पोखरा उद्योग वाणिज्य संघको ३१ औ महाअधिवेनको लागि समावेशी व्यवसायी समूहको तर्फवाट अध्यक्ष पदको उम्मेदवार बनेका पालिखेले पोखराका पुराना अधिकांश व्यवसायीहरुले आफ्नो समावेशी समूहलाई समर्थन दिएको दावी गरेका छन् । पोखराका विभिन्न वस्तुगत संघसंस्था, व्यवसायीक संघ संस्थाहरुले आफ्नो समूहलाई सहयोग गर्ने थप प्रतिवद्धता दिएको पालिखेको भनाई छ ।
व्यवसायिक हक, हित र समृद्ध पोखरा निर्माण आफ्नो अभियान भएकोले आम पोखरेली व्यवसायीहरुले आफुले नेतृत्व गरेको समावेशी समूहलाई विजयी गराउने बलियो आधार पालिखे बताउँछन् ।
‘यहाँका अधिकांश पुराना र प्रतिष्ठित व्यवसायीहरुसंग भेटघाट ग¥यौं, सबैैले हाम्रो टिममाथि विश्वास गरेको पाएका छौ’ पालिखेले भने,‘यसले हामीलाई थप उत्साहित बनाएको छ ।’
पालिखेले व्यवसायीको हक, हित तथा व्यवसायीक सुरक्षा तथा सामूहिक विमा व्यवस्थापन समावेशी टिमको मुख्य एजेण्डा भएको सुनाए । पोखराको व्यवसायलाई थप सुरक्षित वनाउने तर्फ आफ्नो ध्यान जाने भन्दै, अध्यक्ष पदका उम्मेदवार पालिखेले व्यवसायी र मजदुरवीचको सम्वन्ध सुधारका लागि अभियान थालिने व्यवसायीहरुसंग प्रतिवद्धता गरे । उनले व्यवसायलाई समयानुकुल वनाउन अनलाईन सेवा समेत संचालन गर्ने योजना रहेको पनि बताए ।

Leave a Reply