पैंचो पसल प्रालिका उत्पादन पोखरामा बिक्री सुरु

छवि मगर
गाउँमै उत्पादन भएका अर्गानिक परिकार खान रुचाउनुहुन्छ ? त्यसो हो भने पोखरामै बसेर गाउँमै उत्पादिन अर्गानिक परिकार खाने तपाइको रुची पूरा हुने भएको छ ।
शहरमा बसे पनि गाउँमा उत्पादन हुने खाद्यान्नहरु बिक्री वितरण गर्दै आएको पैचो पसल प्रालिले बिहीबारदेखि पोखरामा आफ्ना उत्पादनहरु बजारमा पठाएपछि अर्गानिक परिकार खान पाइने भएको हो । झन्डै साढे दुई वर्ष अघिदेखि गुल्मीको बलेटक्सार गाउँमा मुख्य कार्यालय खोलेर सुरु गरिएको पैचो पसल प्रालिले आफ्नो उत्पादन काठमाण्डौ, नेपालगन्ज, भैरहवा हुदै पर्यटकीय शहर पोखरामा विस्तार गरेको छ ।
‘बसे पनि शहर गाउकै खाने रहर’ भन्ने नारा बोकेका पैंचो पसलबाट उत्पादिन खाद्यान्न सामाग्रीहरुको बिहीबार पोखरामा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, प्रालिका प्रबन्ध निर्देशक धु्रव न्यौपाने, संचालक समिति सदस्य राजन पौडेल लगायतले पैंचोबाट उत्पादिन सामाग्री देखाएर पोखरामा बिक्री सुरु भएको घोषणा गरे ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पैचो नाम पुरानो गाउँघरमा प्रचलित नाम भएको र गाउँले परिवेशको खाद्यान्नको उत्पादन र बिक्रीलाई पैचो पसलले प्रश्रय दिएर गाउँगाउँमा पनि रोजगारीको सिर्जना गरेको सुनाए । आयातित खाद्यान्नको खरिद गर्दा वर्षेनी करौडौ रुपैया बाहिर जाने भएकाले पैचोले उत्पादन गरेको गाउँले परिवेशको खाद्यान्नले शहरमा बजार लिनेमा आफु विश्वस्त रहेको उनको भनाइ रहेको थियो ।
Image may contain: 1 personलामो समयदेखि पोखरामा मुनाल स्टोर्स सञ्चालन गर्दै आएका ब्यवशायी मोति भुजेलले पोखरामा ग्रामीण भेगबाट आएका मानिसहरुको शहर भएकाले यहांका ग्राहकहरुले गाउले परिवेशको खाद्यान्न रुचाउने भएकाले पैचोको उत्पादनले बजार लिने बताए ।बजारमा गुणस्तरहीन र अखाद्य वस्तुको बाहुल्यता भैरहेका बेलो पैचो पसलले पहाड÷उच्चपहाडका किसानले उत्पादन गरेका अर्गानक कृषि उपजहरूलाई प्राथमिकताका साथ बजार व्यवस्थापन गर्ने तथा गुणस्तर परीक्षण गरी उपभोक्तालाई गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराइरहेको पैचो पसल प्रालिका प्रबन्धक धु्रव न्यौपानेले वताए ।
बजारको अभावमा खेर गैरहेका गाँउका उत्पादनहरूलाई बजारको पहुँचसम्म पु¥याउने मुख्य उद्देश्यका साथ खोलिएको पैचो पसलले एक वर्षदेखि गुल्मीको रिडीमा पैचो प्रशोधन उद्योग स्थापना गरेर स्थानीय उत्पादनलाई प्रशोधन गर्न सुरु गरेको उनले जानकारी गराएर । स्थापनाकालदेखि नै हाते प्रविधि प्रयोग गरेर अचार, चुक, दाल लगायतका खाद्य वस्तुको परीक्षण उत्पादन गरी बुटवलमा बिक्रि गर्दै आएको पैचो पसलले गत बैशाखदेखि अत्याधुनिक प्रशोधन कारखानामार्फत २७ प्रकारका खाद्य वस्तु उत्पादन गर्दै आएको छ ।
पैचोले आठ प्रकारका पैचो अचार, पैचो टोमेटो केचअप, पैचो भेनेगर, पैचो सोया सस, पैचो जाम, विभिन्न प्रकारका जुसहरु, पैचो होल क्यान कनेर्ल, पैचो फापरको पिठो, पैचो कोदोको पिठो, परम्परामा सीमित सिन्की मस्यौरा जस्ता उत्पादनहरु आफै उत्पादन गरी बजारमा ल्याएको छ । जुम्लाको सिमी र पहाडी जिल्लाका मकैको आटो (च्याँख्ला), जस्ता पहाडी तथा उच्च पहाडी जिल्लाका खाद्य वस्तुहरु प्याकेजिङ गरी बजारमा ल्याईएको हो । होल कर्न कर्नर नेपालकै पहिलो उत्पादन हो ।
गुल्मी, पाल्पा, जुम्ला, रुकुम, कालीकोट, रोल्पा र अर्घाखाँचीमा अहिले पनि ५० बढी संकलन केन्द्रहरुमार्फत किसानहरुको कृषि उत्पादन लिईरहेको र आगामी दिनमा सेवा विस्तार गर्दै बागलुङ, पर्वत, स्याङ्जा लगायतका जिल्लाका किसानहरुसँग समेत पैचोको परियोजना पु¥याउने लक्ष रहेको प्रवन्ध निर्देशक न्यौपानेले वताए ।