मेजन पुन-एक दशक अगाडि यही समयमा र मगर संघ बेलायतले शुरु गरेको भेटघाट कार्यक्रमको अवसरमा नै मेरो पहिलो बेलायतको यात्रा सम्भव भएको थियो । त्यो बेलामा पनि फार्नबरो फुटबल क्लबकै मैदानमा कार्यक्रम आयोजना भएको थियो भने यस पटक मेरो दोश्रो बेलायतमा यात्रामा पनि सोही क्लबमा नेपाली ओप्पन कन्सर्ट हुनगईरहेको कुरा नेपालमा नै थाहा थियो । तर भिसा पाउन मुश्किल हुने हुँदा मैले कसैलाई जानकारी गराएको थिएन । मगर संघका वरिष्ठ उपाध्यक्ष योगकुमार फगामीको व्यक्तिगत स्पोन्सरमा यस पटक मेरो यात्रा सम्भव भएको हो । यसर्थ वहाँलाई ह्दयदेखि धन्यवाद ।
यात्रा आफैमा अवसर हो । अझ बेलायत जहाँ कहिल्यै घाम अस्ताउँदैन भनिन्छ । यो ठाउँमा अहिले बेलायतका भुपु सैनिक र उनको परिवार नेपालबाट आएर बस्ने सुविधा पाएकै कारण सैनिकका सन्तानहरुले उच्च सुविधामा उच्च प्रतिस्पर्धाका साथ अवसरको खोजी गरिरहेको अवस्था हो ।
बेलायतको बसाईको क्रमसँगै विभिन्न जातीय संस्था गठन भई आफनो पहिचान बेलायतमा दिई रहेका छन् । यसै अवसरमा मगर संघ बेलायत पनि गठन भई आफनो जातीय पहिचानको साथै विभिन्न क्रियाकलाप गरिरहेको छ । संस्थाको वार्षिक मुखपत्र ८ वर्षसम्म नेपालमा रहेर प्रकाशन सहयोग गरिरहेको कारण मलाई मगर संघ बेलायतका धेरै कुराहरुसँग नजिक पनि छु । उत्कृष्ट कार्यहरु गरिरहेको कुरा म सहज रुपमा भन्न र लेख्न सक्दछु । र, यसको पछिल्लो उदाहरण बेलायतमा आफनै मगर भवन खरीद गरि कार्यलय स्थापना गर्नु हो । मगर भवनमा पुगेर नतमस्तक पनि भएँ । मगर भवनमा मलाई मगर संघ बेलायतकी महिला उपाध्यक्ष अनिता राना मगर र वहाँको श्रीमानले पुरयाउनु भयो र सबै घुमाउनु भयो । धन्यवाद वहाँहरुलाई पनि ।
मगरभित्र विविध संस्कार, संस्कृति छ । २१ औं शताब्दीमा सबैले सबै तह र स्थानबाट मगर समाजको हितको सवालमा एकजुट हुनु पर्दछ । यसलाई समन्वय गर्ने कार्य मगर समाजको हो । यसबाट आफ्नो पहिचानको कुराहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन सक्दछ भन्ने कुरामा मगर संघ बेलायत मलाई लाग्दछ अनभिज्ञ छैन । विभिन्न तह र तप्कामा कार्य भई रहेको पनि छ । पहिचानको लडाईमा चलचित्र पनि महत्वपूर्ण माध्यम बन्न सक्छ भन्ने सोचाईको धरातल निर्माण गरिनु पर्दछ । चलचित्रले पनि हामो संस्कार र संस्कृतिमा महत्वपुर्ण योगदान दिन सक्छ भन्ने कुरामा म मगर चलचित्रकर्मी संघको उपाध्यक्षको नाताले छलफल चलाउन चाहन्छु । । यसर्थ यस पटक मेरो यात्रामा यस विषयमा रहेर विभिन्न अन्तरक्रियात्मक कार्य गर्न पनि म तयार छु । मैले बनाएको पछिल्लो चलचित्र रैयाँ प्रदर्शन गर्दै त्यो अवसरको सृजना गर्न अग्रसर रहन चाहन्छु ।
मगर महिलाको लोगो रैयाँलाई नेपाली शब्दकोषमा विधुवाले लगाउने गहना भन्दै व्याख्या गरिएको छ । तर वास्तवमा रैंयाँ विधुवाले लगाउने गहना नभई यो हामो जातीय पहिचान वा आत्मरक्षाको प्रतिक पनि हो भन्दै हामीले यो चलचित्र मनोरञ्जनात्मक रुपमा निर्माण गरेका छौं । बेलायत जहाँ खरबौं पाउण्डमा चलचित्र निर्माण गरिन्छ । तर आफनो पहिचानको लागि केवल बीस वटा लाखमा बनाएको चलचित्र खरबौं लगानीमा बनाएको जस्तो प्रविधि पयोग गर्न त सकिदैन तर हामो कुरा राखेर ४० प्रतिशत भाषा र ६० प्रतिशत नेपाली भाषामा चलचित्र निर्माण गरेका छौं । भाषा, भेषभुषा, संस्कृति संरक्षण गर्दै यस चलचित्रले आफनोत्व पनि दिने पयास गरेका छौं आशा छ बेलायत मगर संघ अन्तरगत रहेका महिला र युवा समितिले चलचित्र पदर्शन गर्ने क्रममा सहयोग गरि अन्तरक्रियात्मक छलफल भओस भन्दै मेरो यात्रा बेलायतमा भएको हो ।
संस्थागत सहयोग प्राप्त भए यो यात्रालाई म साँस्कृतिक यात्रा भन्न रुचाएको छु । नत्र यो यात्रा केवल व्यक्तिगत र पारिवारिक भेटघाट मात्र नहोस भन्ने कामना समेत गर्दछु ।गत वर्ष चलचित्र विकास बोर्डबाट आदिवासी जनजाति चलचित्रहरु मध्ये मगर चलचित्रमा उत्कृष्ट चलचित्रबाट यो रैयाँ चलचित्र सम्मानित भएको छ । यो अहिले सम्म बनेको मगर चलचित्रहरु मध्ये सबैभन्दा बढी ठाउँमा प्रदर्शन भएको चलचित्रमा दरिएको छ । अन्य कुराहरु प्रदर्शन भए पश्चात छलफलमा । अस्तु ।
Leave a Reply