पहिलो भुजेल फिल्म ‘नि–प्हुँगाल’ निर्माण हुने

 

भुजेल भाषाको पहिलो फिल्म ‘नि–प्हँुगाल’ (हामी भुजेल) निर्माण हुने भएको छ । भकारी इभेन्ट्स प्रालिको व्यानरमा निर्माण हुने फिल्मको फागुन ७ गते शुभमुर्हत हुँदैछ । फिल्मलाई भुजेल सेवा समितिले निर्माण गर्नेछ ।

सेवानुङ फिल्मस् प्रालिको प्रस्तुतिमा बन्ने फिल्मले भुजेल जातिको पहिचान र संस्कृति संरक्षणलाई मुख्य कथावस्तु बनाएको छ । करिब ३५ लाख रुपैयाँमा तयार हुने फिल्म तनहुँको ऐतिहासिक भुजेल गाउँ आदिमुल र पोखरा कास्कीकोटमा छायाङकन गरिने फिल्मका निर्देशक कृष्णकुमार गुरुङले जानकारी दिए । निर्देशक गुरुङका अनुसार फिल्ममा करिब २४ जना कलाकारले अभिनय गर्नेछन् । फिल्मको छायाङ्कन २५ दिनमा सकिनेछ ।

फो’के फरम्याटमा छायांकन गरिने फिल्ममा भिम भुजेल, पूजा भुजेल, मिना भुजेल, रेशम भुजेल, कमल भुजेल, पृथ्वी भुजेल, सचिन भुजेल, ज्ञानु भुजेल, कोपिला भुजेल, बिमल भुजेल, बिष्णुमाया भुजेल, लालबहादुर भुजेल र सुरज भुजेलको मुख्य भुमिका रहनेछ ।

रेशम भुजेलको परिकल्पना, कमल भुजेलको कथा, प्रकाश गुरुङ कासको छायाङकन र सर्वज्ञमान शाक्यले फिल्मको सम्पादन गर्ने फिल्मका पेजेक्ट इन्चार्ज बिमल जिसी भुजेलले जानकारी दिए । निर्देशक कृष्णकुमार गुरुङका अनुसार फिल्म सामाजिक परिधी न्दा वाहिर नजाओस भन्ने उद्देश्यले भुजेल संस्कृतिविद् भाषाविदलाई क्रियासिल राखिनेछ ।

फिल्ममा विमल जिसी भुजेल, कमल भुजेल र पृथ्वी भुजेलको गरी तीन वटा गीत समावेश गरिएका छन् । फिल्ममा समावेश कथा सामाजिक रहेकोले कलाकार छनौटका लागि भुजेल सेवा समिति कास्कीको आयोजनामा ३ दिने प्रशिक्षण कार्यक्रम गरिएको निर्देशक गुरुङले बताए । उनका अनुसार फिल्ममा आधा भुजेल र आधा नेपाली भाषाको प्रयोग गरिनेछ ।