छवि मगर
पोखरा,२० असोज ।
सामाजिक जागरणका लागि नारी अभियानले संचालन गरेको मठ मन्दिर सरसफाई तथा पशुवलीप्रथा विरुद्ध सचेतना अभियान जारी रहेको छ ।सोही अनुरुप विहीवार पोखराको भद्रकाली मन्दिर सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । अभियानको आयोजना तथा परोपकार नारी समुह र मानव धर्म सेवा समितिको समन्वयमा सम्पन्न कार्यक्रममा मन्दिर परीसर सरसफाई तथा सचेतना मुलक व्यानर टासीएको थियो ।
कर्यक्रममा वोल्दै अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले मठमन्दिरमा पशुवलीप्रथा अत्य गरी शक्तिपिठहरुलाई शान्तिमय वनाउनुपर्नेमा जोड दिइन् । उनले चराचर जगत्की सृष्ठीकर्ता माता,दुर्गा भगवतीको चरणमा पशुवध गर्नु पापजन्य कार्य भएको भन्दै सुसव्य समाज निर्माणका लागी पशुवलीप्रथा अत्य गर्नुपर्नेमा जोड दिइन् । त्यस्तै मानव धर्म सेवा समितिका महात्मा पितम्वरा वाईजीले कुनैपनी धर्म र धार्मीक ग्रन्थले पशुवध गरेर धर्म हुन्छ भनेको छैन भन्दै धर्मको अपव्याख्या गर्न नहुने र पशुवलीप्रथा तुरुन्त अत्य गर्नुपर्ने आवश्यकता औल्याए ।
त्यस्तै मन्दिरका प्रमुख पुजारी घनश्याम काफ्लेले अभियान एकदम राम्रो भएको वताउदै आफुले पनी देवी देवताको चरणमा पशुवध गर्न नहुने कुरा भक्तजनहरुलाई भन्दै आएको र पशुवली गर्न आएकालाई समेत सम्झाई वुझाई पठाउने गरेको वताए ।
कार्यक्रम संयोजक रेनु थापाले कार्यक्रममा पानी दर्कीदा समेत सुसव्य समाज निर्माणका लागि उपस्थीत हुने सवैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रममा अभियानका सदस्य सहित विभिन्न आध्यात्मीक संस्था,स्काउटm,परोपकार महासंघ, मानवधर्म सेवा समितिका स्वयमसेवक, मन्दिर व्यवस्थापन समिति, पतंजलीका योग प्रशिक्षक लगायत टोलविकास संस्था ,महिला समन्वय समिति, लगायत विभिन्न संघसंस्थाका प्रतिनीधीहरुको सहभागिता रहेको थियो । त्यस्तैगरि कार्यक्रम अभियानका सदस्य मेनका पौडेलको संयोजकत्वमा पोखरा १२ माटेपानीको शितलादेवी मन्दिरमा समेत पशुवलीप्रथा अत्यका लागी सचेतना मुलक व्यानर टास्ने कार्यक्रम सम्पन्न भएको छ ।
अभियानले यसभन्दा अगाडी पशुवलीप्रथा विरुद्ध अन्तरक्रिया, पोखराका विभिन्न शक्तिपिठहरुमा सरसफाई तथा सचेतना मुलक कार्यक्रम, गोरखाको मनकामना मन्दिरमा सचेतना,सरसफाई तथा अन्तरक्रिया लगायतका कार्यक्रम सम्पन्न गरीसकेको सदस्य उशा गोशेलीले जानकारी दिएकी छिन् । भने शुक्रवार तालवराही,जाल्पा र दुर्गा मन्दीरमा सरसफाई सहित सचेतना कार्यक्रम आयोजना गरिएको कमला पहारीले वताइन् ।
Leave a Reply