पर्वत पुन मगर कल्याणकारी कोष हङकङले पर्वतको ग्रामीण क्षेत्रका विद्यालयमा छात्रवृत्ति वितरणका लागि अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषका लागि कोषले रकम हस्तान्तरण समेत गरेको छ ।
पर्वत पुन मगर कल्याणकारी कोष हङकङको सहयोगमा २०११ मा स्थापित गरिएको कोषमा सङ्कलित रकम मध्येबाट पर्वत जिल्लाको उत्तरी भेगमा अवस्थित साविकको बाँसखर्क, लेकफाँट, शालिजा, क्याङ्ग, बनौ, देउराली गाविसको विभिन्न गाउँमा मगर जातिको बसोबास रहेको छ ।
बहुसंख्यक रुपमा मगर विद्यार्थीहरू अध्ययन गर्ने सामुदायिक विद्यालयहरूमा ती विद्यार्थीहरूको शैक्षिकस्तरमा सुधार र स्तरोन्नतिका लागि २६ वटा सामुदायिक विद्यालयहरूमा प्रति विद्यालय पाँच लाख रुपैयाँको दरले जम्मा १३ लाख रुपैयाँ वितरण गरिएको हो ।
“पर्वत पुन मगर कल्याणकारी कोष हङकङ अक्षयकोष” खडा गरेर साँवा यथावत राखी प्रत्येक वर्ष प्राप्त हुने ब्याज मात्र उपयोग गर्न पाउने गरी आयोजक पर्वत पुन मगर सम्पर्क समिति पोखरा, कास्कीका अध्यक्ष इन्द्रबहादुर गर्बुजाको अध्यक्षतामा उक्त रकम पुन मगर समाज भवन तथा सभाहल पोखराको प्राङ्गणमा विशेष कार्यक्रम गरी अध्यक्षमार्फत् वितरण गरिएको थियो ।
Leave a Reply