पर्यटकीय नगरी पोखरा र आसपासका गाउँमा रहेका मगरहरुले ३५ औं मगर दिवस आज पोखरामा सामूहिक रुपमा भव्य तरीकाले मनाएका छन् । उनीहरुले पोखरा बजारमा भव्य र्यालीको आयोजना पनि गरे । पोखराको टुँडिखेलबाट शुरु भएको उक्त र्याली भैरवटोल, भीमसेनटोल, तेर्सापट्टी, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक-लखनचोक हुँदै पोखरा रंगशालामा पुगेर सभामा परिणत भएको थियो ।
आफ्नो पहिचान र संस्कृति झुल्किने भेषभूषा लगाएका उनीहरुले आफू संगठित रहेको मगर समाजको ब्यानर झाँकी र नाच प्रदर्शन गरेका थिए । साथमा उनीहरुले जातीय पहिचान मेट्न पाइँदैन, जातीय पहिचानका आधारमा संघीयता घोषणा गर” लगायतका नाराहरु पनि लगाएका थिए ।
– See more at: http://janasanchar.com/archives/14002#sthash.LkTKEdTs.dpuf
Leave a Reply