परिचय गर्ने अवसर मिलेको छ –बराल

पोखरा उद्योग वाणिज्य संघको भदौ ३१ र असोज १ गते हुने चुनावमा सीता बरालले सदस्य पदमा उम्मेदवारी दिनु भएको छ । उहाँ व्यवसायीमाझ मृदुभाषी र लोकप्रिय मानिनुहुन्छ । सामाजिक क्षेत्रमा पनि सक्रिय उहाँ संचामा समेत संलग्न हुनुहुन्छ । चेरिष्मा इम्पोरियमकी संचालक सीता यतिबेला मतदाताकहाँ घर दैलो अभियान हुनुहुन्छ । घरदैलोमा व्यस्त सीतालाई पोखराप्लस अनलाइन पत्रिकाले गरेको पाँच प्रश्न ।

चुनावी दौडधुप बढेको छ हैन त ?
एकदमै सहि हो । मैले यसलाई नराम्रो रुपले लिएको छैन । हामीजस्तो नयाँलाई त व्यवसायीसँग परिचय गर्ने अवसर पनि मिलेको छ । तर, चुनाव आउँदा मात्रै व्यवसायीको घरमा जाने, अघिपछि व्यवसायीलाई एकिकृत काम नभएकाले यस्तो दौडधुप बढेको हो ।

चुनावी प्रचार कस्तो छ ?

व्यवसायीको हक हितका लागि काम गर्ने भनेर मैले उम्मेदवारी दिएको हुँ । चुनावमा व्यापक प्रचारभन्दा व्यवसायीका मन जित्नलाई म लागेकी छु । अरुजस्तो खरो प्रचार छैन । सकेसम्म धेरै व्यवसायीका घरदैलोमा भने पुग्ने कोसीस गरेकी छु ।

सदस्यमा निर्वाचित हुने तपाइको आधार के छ ?
म एउटा व्यवसायी हो । त्यसैले व्यवसायीले मलाई पक्कै पनि मुल्याङ्कन गर्नेछन् । लामो समय मिडिया, सामाजिक क्षेत्र र व्यवसायमा काम गरेको हिसाबले पनि मलाई चुनावमा जाने आधार दिएको हो ।

सदस्य भइसकेपछि लागु गर्ने त्यस्ता के योजना छन् ?
धेरै योजना छन् । जुन अहिले भनेर साध्य छैन । हामीले जुन घरदैलोमा अभियान भोगिरहेका छौं, यो गलत छ । यदि संघले सबै व्यवसायीलाई आफ्नो छात्राभित्र राख्न सकेको भए घरघरमा गएर यसरी व्यवसायीलाई खोज्नुपर्ने थिएन । त्यसैले म सकेसम्म सबै एकिकृत बनाएर व्यवसायीहरुको छाता संस्थामा ल्याउनुपर्छ भन्नेमा लागि पर्नेछु । व्यवसाय गर्नु ठूलो कुरा ठूलो हैन, स्थायीत्व दिनसक्नु ठूलो हो भन्ने तरिकाले अघि बढ्नेछु । अर्को कुरा महिला व्यवसायीला एक बनाउने, महिला उद्यमीलाई सक्रिय रुपमा लाग्न हौसला दिने विभिन्न तालिमहरु संचालन गर्ने लगायतका योजना छन् ।

संघको चुनावमा चर्को राजनीति भयो भन्छन् नी ?
मत माग्दा जाँदा यो कुन पार्टीको उम्मेदवार हो भन्ने तरिकाले हेरिएको छ । यो मान्छे आफ्नो व्यवसाय स्थापित हो कि होइन, व्यवसायीको हकहितमा काम गर्न सक्ने मान्छे हो होइन भन्दा पनि कुन पार्टीको हो भन्ने तरिकाले हेरिएकाले संघमा राजनीति भइरहेको पक्का हो ।