नेपाल पत्रकार महासंघ कास्कीका पूर्व कोषाध्यक्ष राजु भण्डारीले महासंघ कास्की शाखालाई विहीवार एक थान प्रोजेक्टर हस्तान्तरण गरेका छन् ।
भण्डारीकै नाममा महासंघमा रहेको एउटा कक्षलाई अहिले तालिम कक्षको रुपमा प्रयोग गरिएको छ । महासंघको भवन निर्माणमा तीन लाख रुपैयाँ सहयोग गरेका भण्डारीले तालिम कक्षको लागि आवश्यक प्रोजेक्टर महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
पत्रकार भण्डारीले आफुले सकेसम्म आफ्नै घरको रुपमा रहेको पत्रकार महासंघलाई सदैव सहयोग गर्न तयार रहेको भनाई राखे । महासंघका अध्यक्ष श्रेष्ठले भण्डारीको सहयोगको प्रशंसा गर्दैै महासंघलाई पूर्वाधारयुक्त वनाउन सवैले आआफ्नो ठाउँवाट सक्दो सहयोग गर्न आग्रह गरे ।
Leave a Reply