पत्रकार कल्याणकारी कोष स्थापना गर्न फोनिज कास्कीको च्यारिटी शो

टुडे पोखरा संवाददाता
????????????????????????????????????
0Shares

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी च्यारिटीको शो को आयोजना गर्ने भएको छ । महासंघको बुधबार सम्पन्न बैठकले आगामी घटस्थापनाको दिन असोज ७ गते नेपाली चलचित्र रानीको च्यारिटी शो गर्ने निर्णय गरेको हो ।
चलचित्र नारीका निर्माता पोखराका समाजसेवी विमल गुभाजु र आदिवासी जनजाति पत्रकार महासंघ कास्कीका अध्यक्ष एम बी आस्था मगर सहित महासंघका पदाधिकारीहरुको बैठकले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी चलचित्र नारीको च्यारिटी शो गर्ने निर्णय गरेको हो ।
च्यारिटी शो बाट आम्दानी बाट बचत भएको रकमले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी संकलन गरिने फोनिजका अध्यक्ष मगरले वताए । मगरका अनुसार च्यारिटी शो संगै कोष स्थापनाका लागी अन्य कार्यक्रमहरुको समेत आयोजना गरिने छ ।
यसैवीच पत्रकार कल्याणकारी कोष स्थापनाका लागी फोनिज कास्कीका अध्यक्ष एम बी आस्था मगरले अक्षयकोष स्थापनाका लागी ५ हजार रुपैया फोनिज कास्कीका कोषाध्यक्ष उमा आले मगरलाई हस्तान्तरण गरेका छन ।
सोही अवसरमा कोषाध्यक्ष उमा आलेमगरले पनि एक हजार रुपैया प्रदान गरिन् । यसैविच अमेरिकाको ओहायो प्रान्तमा रहेका पत्रकार गोकुल बानिया र उनका धर्मपत्नी रिता अधिकारीले पत्रकार कल्याणकारी कोषका लागी १० हजार रुपैया प्रदान गर्ने भएका छन ।
फोनिजले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी च्यारिटी शो संगै विभिन्न कार्यक्रमहरु आयोजना गरी कोष स्थापनालाई अगाडी वढाउने जनाएको छ ।