आई ब्लुजम्यानेजमेन्ट प्रालिले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा अन्तर्राष्ट्रिय स्तरको ‘फुड कार्निभल’ कार्यक्रम गर्ने भएको छ । चैत ३० गते पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा कार्यक्रमको आयोजना हुँदैछ ।
नेपालीहरुमा नयाँ वर्षमा विभिन्न फुड स्टलका खानाका परिकार, पेय पदार्थ, पार्टी र डिजे म्युजिकको प्रस्तुतिमा रमाउने वातावरण तयार गर्ने उद्देश्यले पोखरामै कार्यक्रम गर्न लागिएको प्रालिका प्रबन्ध निर्देशक कुशल थापाले बताए ।
कार्यक्रममा विविध संस्कृति झल्काउने पोशाक, इच्छाअनुसारको फेस माक्स मेकिङ, विभिन्न पेसा व्यवसायसँग सम्बन्धित डे«स कोड (डाक्टर, पाइलट, पुलिस, आर्मी, नर्स, एयरहोस्टेस, खेलाडी पोशाक, एन्जलको रुपमा, जनावरको पोशाक, कार्टुनको पोशाक, चौकीदारको पोशाक, रेड इन्डियन्स,सेन्टा क्लथ, जोकरको रुपमा, विभिन्न देशहरुको पोशाक) लगायत आफूलाई जुन पोशाकमा सहज लाग्छ, सो पोशाकमा उपस्थित हुन पाइने छ । ‘पुरस्कार स्वरुप सिंगापुर, थाइल्याण्ड, दुबई, इन्डोनेसिया (बाली) घुम्नको लागि अवसर प्रदान गरिनेछ,’ थापाले भने, ‘सहभागिमध्येबाट उत्कृष्ट दारी प्रर्दशन गर्नेलाई (वेष्ट वियर्ड) घोषणा गरी आइफोन एट प्लस वा सामसुङ एट एज मोबाइल फोन उपहार समेत प्रदान गरिने छ ।’
वेष्ट हेयर स्टाइलिस ५÷५ जना महिला तथा पुरुषलाई मिडटाउन ग्यालेरिया स्थित हङकङ यूनिक सलुनमा सौख अनुसारको (मेनीक्यूर, पेडीक्यूर, हेयर कलरिङ, ड्रेडलक, फेसियल, स्ट्रेट, कर्ली, हेयर कट र मसाज मध्ये एक सेवा) उपलब्ध गराइने थापाले प्रस्टाए ।
‘वेष्ट डे«स महिलाहरु मध्येबाट उत्कृट १० जनालाई मिडटाउन स्थित क्लाउड नाइनमा दशहजार बराबरको सपिङ भौचर उपलब्ध गराइने छ,’ उनले भने, ‘कर्यक्रममा साउण्डको दुनियाँमा ख्यातिप्राप्त आईएसएस साउण्डज् काठमाण्डौंबाट साउण्ड सिष्टमहरु ल्याई राष्ट्रियस्तरका डिजे कलाकार साकार, रुपेश, प्रज्वल, विकास, जीवन, र लेडी डिजे नेप्जले सांगीतिक माहोललाई तताउँनेछन् ।’
दुई चरणमा सम्पन्न हुने कार्यक्रमका लागि टिकटको व्यवस्था गरिएको प्रालिका उपाध्यक्ष धिरज थापाले बताए । उनका अनुसार पहिलो चरणमा दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म जसको लागि एक हजार रुपैयाँ टिकटमा प्रवेश पासको व्यवस्था छ । दोस्रो चरणको साँझ ७ बजे देखि संचालन हुने कार्यक्रमका लागि दुई हजार रुपैयाँ टिकटमा वेलकम ड्रिङ्स र प्रवेश पासको व्यवस्था गरिएको छ ।
१२ हजार रुपैयाँ टिकटमा दुई जनाका लागि जिल्ला बाहिरबाट आउनेलाई एकतर्फी यातायात सुविधा, वेलकम ड्रिङ्स, प्रवेश पास, उच्च स्तरीय होटलमा एसी सुविधा सहितको कोठामा बस्नका लागि प्रबन्ध गरिएको थापाले बताए । बिहान बे्रक फाष्ट सहित फेवातालमा बोटिङको सुविधा समेत उपलब्ध हुनेछ ।
कार्यक्रममा दुई हजार पाँच सय जना पाहुनाहरुको उपस्थिती रहने आंकलन गरिएको छ । कार्यक्रममा सुरक्षाको लागि प्रहरी प्रशासन सहित आन्तरिकरुपमा पोखरा बुल्सबाट ५० जनाभन्दा बढी बाउन्सरको उपस्थितीमा पूर्णरुपमा सुरक्षाको प्रबन्ध गरिने उनले जानकारी दिए ।
कार्यक्रम अवधिभर नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता झल्कने किसिमका तस्बिरहरु प्रर्दशन गरिने उनले प्रस्टाए । कार्यक्रमबाट संकलित रकममध्ये प्रतिफलको ५ प्रतिशत आविष्कार केन्द्र (महाविर पुन) लाई सहयोग गरिने जनाइएको छ ।

Leave a Reply