नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको अध्यक्षमा पुन ः चन्द्र थापा निर्वाचित भएका छन् । “स्वास्थ्य क्षेत्रको सरोकार, सामाजिक सुरक्षा र मर्यादित रोजगार” भन्ने नाराका साथ बिहिबार पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय अधिबेशनबाट थापा पुन ः आगामी चार बर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । युनियनको उपाध्यक्षमा टि एन रावत महासचिबमा कमला लुईटेल र सचिबमा उमेश गिरीलाई चयन गरिएको छ ।
त्यसैगरी सदस्यहरुमा प्रदेश नम्वर १ बाट कबिता कार्की कडेरिया, प्रदेश नम्वर २ बाट अम्बिकालाल शाह, प्रदेश नम्वर ३ बाट मोहन घिमिरे, पुष्करबाबु त्रिपाठी, अस्मिता पौडेल, राजेन्द्र सिंह ठकुरी र केशब देबकोटा, प्रदेश नम्वर ४ बाट जितेन्द्र पौडेल र मञ्जु आचार्य, प्रदेश नम्वर ५ बाट अनिता थापा, मिन बहादुर कार्की र शुरेस कुमार श्रेष्ठ, प्रदेश नम्वर ६ बाट कुष्माखर बस्याल, प्रदेश नम्वर ७ बाट गणेश चौधरी र बिषेश क्षेत्रबाट भोजराज गौतम, भुमिकला भण्डारी र अनुपा अर्याल निर्वाचित भएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को राष्ट्रिय संघ नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको तेस्रो राष्टिय अधिबेशनमा देशभरका ६३ निजी, सामुदायीक, गैह्रसरकारी र बिशेष ऐन मार्फत संञ्चालित सरकारी स्वस्थ्य संस्थाहरुबाट करिब दुई सय प्रतिनिधि र ३० भन्दा बढि परिबेक्षकको सहभागि रहेको थियो । अधिबेशनको उद्घाटन नेकपा एमालेका नेता एवं नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष बिष्णु रिमालले गरेका थिए । अधिबेशनको उद्घाटन गर्दै अध्यक्ष रिमालले युनियन गठन गरेका भरमा मजदुर निष्कासनमा पर्ने गरेको भन्दै त्यस्ता घटना दोहोरिरहे आफुहरु चुप लागेर नबस्ने बताएका छन् ।
मजदुरको संगठित हुन पाउने आफ्नो अधिकार रहेकोले आफ्ना अधिकार औला उठाएरै भएपनि माग्नु पर्ने उनको भनाई छ । नाफामा आर्थिक लगानी गर्नेको मात्रै पँहुच हुन नहुने भन्दै श्रम लगानी गर्नेहरुले पनि सम्मान पाउनु पर्नेमा उनले जोड दिए । अध्यक्ष रिमालले भरखरै राष्ट्रपतिले प्रमाणीत गरेको श्रम ऐन मजदुरको हितमा रहेको पनि जिकिर गरेका छन् । कार्यक्रममा पुर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं एमाले नेता खगराज अधिकारीले स्वास्थ्यकर्मी भनेको रातदिन काममा खटिनेहरुको जनशक्ति रहेको भन्दै यो क्षेत्रमा उपयुक्त पारिश्रमिक हुनु पर्नेमा जोड दिए । उनले आफु स्वास्थ्यमन्त्री हुदा स्वास्थ्य क्षेत्रमा आमुल परिबर्तन गराएको पनि दाबी गरेका थिए ।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष चन्द्र थापाको अध्यक्षतामा समपन्न कार्यक्रममा आई एल ओ गभर्नर बढिका सदस्य बिन्दा पाण्डे, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष बिम ज्वाला राई, राष्ट्रिय सौन्द्रर्यकर्मी युनियन नेपालका अध्यक्ष पम्फा पहारी, डाक्टर बुद्दिमान श्रेष्ठ, डाक्टर इन्द्रमान महर्जन लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रमको संञ्चालन नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका महासचिब कमला लुईटेलले गरेकी थिईन् । युनियनले बन्द सत्रले सांगठनिक, आर्थिक र अध्यक्षको प्रतिबेदन सर्वसम्मतले पारित समेत गरेको छ । युनियनले बिहिबार पोखरामा पत्रकार सम्मेलन गरेर बन्द सत्रबाट पारित निर्णय र नब निर्वाचित कार्यसमितीको जानकारी समेत गराएको छ । युनियनमा देशभरिका निजी, सामुदायीक, गैह्रसरकारी र बिशेष ऐन मार्फत संञ्चालित सरकारी स्वस्थ्य संस्थाहरुमा कार्यरत करिब ६ हजार मजदुर आबद्द रहेका छन् ।
Leave a Reply