तनहुँ, १९ मंसिर । नेपाल प्रेस सोसाईटी ४ नम्वर प्रदेशको संयोजकमा उज्वल पौडेल चुनिएका छन् । नेपाल प्रेस सोसाइटी ४ नम्बर प्रदेशको तनहुँको बन्दिपुरमा भएको प्रथम भेलाले पौडेलको संयोजकत्वमा ५१ सदस्यीय कार्यसमिति चुनेको हो । प्रदेशको सह–संयोजकमा– बविता शर्मा र अमृत सुवेदी छानिएका छन् ।
प्रदेश समितिको सदस्यमा रामशरण नेपाली,सञ्जय मल्ल,राजबाबु पिसि,रोशन लामिछाने,विमल आचार्य,यम बसे
ल,चित्र ब। गुरुङ,अमृत बि।क,मन क्षेत्री,रञ्जना आचार्य,शोभा तामाङ,हरिशचन्द्र पोखरेल,सुर्य बहादुर बि।क,सञ्जय शाक्य,सार्जन पौडेल, शुक्रराज परियार,छवि घर्ति मगर रहेका छन् ।
समितिमा ४ नम्बर अन्तर्गतका जिल्लाका संयोजकहरु स्वत सदस्य रहने ब्यवस्था छ । प्रदेश समिति समावेशी र समानुपतिका आधारमा ५१ सदस्यीय समिति निर्माण गर्ने समेत भेलाले निर्णय गरेको छ । प्रदेशको बाँकी पदाधिकारी तथा सदस्य प्रदेश समितिले विस्तार गर्ने भेलाले निर्णय गरेको छ।
निर्वाचित प्रदेश समितिलाई सोसाईटीका केन्द्रिय अध्यक्ष रुद्र भट्ट,उपाध्यक्ष विदुर खड्का, महासचिव प्रलाद पोख्रेल, नयाँ शक्ति ४ नम्वर प्रदेशका आंगिक संगठन विभाग प्रमुख हरिनारायण गिरी, सोसाईटीका कोषाध्यक्ष योगेन्द्रप्रताप शाही, नयाँ शक्ति नेपाल जिल्ला परिषद तनहुँका संयोजक देवेन्द्र थापाले बधाई ज्ञापन गरेका थिए । भेलामा ४ नम्वर प्रदेशका जिल्लाहरुबाट सहभागिता रहेको थियो ।
Leave a Reply