नेपाल ज्योतिष परिषद् – कास्कीको पद भार ग्रहण

कास्की जिल्ला भित्र छरिएर रहेका ज्योतिषीहरुको साझा सस्था नेपाल ज्योतिष परिषद्को छैटौं अधिवेशन सम्पन्न पश्चात गिता मन्दिर रामघाट परिसरमा एक कार्यक्रमका बिच निर्वाचन मण्डलका संयोजक प्रेम कुमारी गुरुङ्ग सदस्य हिरा काश्यव, नारायण प्रसाद बरालले नव निर्वाचित बासुदेब सुवेदीको अध्यक्षतामा रहेको समितिलाई पद भार ग्रहण गरेको छ ।

जसमा उपाध्यक्ष रामेश्वर खनाल र कृष्ण बहादुर राउत, दुर्गा अधिकारी, सचिव शिबदत्त रेग्मी कोषाध्यक्ष केदार प्रसाद लम्साल, सह– सचिव रामजी प्रसाद आचार्य र सदस्यहरुमा बाबुराम सापकोटा, त्रिलोचन बास्तोला, चन्द्रकुमारी कंडेल, तेजबहादुर भुजेल, लगायतका (२१) एकाइस सदस्य समितिले पदभार ग्रहण गर्दै कास्की क्षेत्रमा ज्योतिषशास्त्रको बिकास, प्रशिक्षण तथा यो क्षेत्रमा रहेका कमि कमजोरी सुधारका अभियान मुलक कार्यक्रमहरु अगाडि बडाउने प्रतिबद्धता जनाएका छन ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य केदार लम्सालले राख्नु भएको थियो भने, मन्तब्यमा प्रेम कुमारी गुरुङ्ग, हिरा काश्यव, नारायण प्रसाद बरालल र बासुदेब सुबेदीले राखेका थिए भने कार्यक्रम सञ्चालन शिबदत्त रेग्मीले गरेका थिए ।