बाग्लुङको बुर्तिवाङ बजारमा पांचौ पुरुष तथा प्रथम महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

 

बाग्लुङको बुर्तिवाङमा पांचौ पुरुष तथा प्रथम महिला राष्ट्रिय आइ. टि. एफ. तेक्वान्दो प्रतियोगिता हुने भएको छ । बाग्लुङ स्थित ढोरपाटन आइ. टि. एफ. तेक्वान्दो दोजाङको आयोजना बाग्लुङ जिल्ला आइ. टि. एफ. तेक्वान्दो संघको सह आयोजना र नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको संरक्षणमा आगामी पुसको २८ र २९ गते बाग्लुङको ढोरपाटन स्थित बुर्तिबाङ बजारमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
प्रतियोगितामा दुइ बिभागिय टीम सहित ८ टीमको सहभागीता रहने आयोजक ढोरपाटन आइ. टि. एफ. तेक्वान्दो दोेजाङका अध्यक्ष भुपेन्द्र पुन मगरले पत्रकार सम्मेलनमा जानकारी दिए । पुनका अनुसार उक्त प्रतियोगितामा पूर्वाञ्चल विकास क्षेत्र, मध्यमाञ्चल विकास क्षेत्र, पश्चिमाञ्चल विकास क्षेत्र, मध्य–पश्चिमाञ्चल विकास क्षेत्र, सुदुर–पश्चिमाञ्चल विकास क्षेत्र, विभागिय टीमहरु नेपाल आर्मि क्लव र नेपाल ए.पि.एफ क्लव, र आयोजक गरी ८ टीमले सहभागीता जनाउनेछन । स्पेशल फ्रि स्पाइरिङ्ग, पुरुष (५५–६३) के.जी र महिला (४७–५५) के.जी समुह गरी विभिन्न तीन बिद्यामा प्रतियोगिता गरिने छ । जसमा पुरुष तर्फ प्रथम हुनेलाइ ४ सय अमेरिकी डलर, गोल्ड मेडल र प्रमाणपत्र, दोश्रो हुनेलाई ३ सय अमेरिकी डलर सिल्भर मेडल र प्रमाणपत्र र तेश्रो हुनेलाई २ सय अमेरिकी डलर ब्रन्ज मेडल प्रमाणपत्र प्राप्त गर्नेछन ।
त्यसैगरी महिला तर्फ प्रथम हुने टीमले ४ सय अमेरिकी डलर, गोल्ड मेडल प्रमाणपत्र, दोश्रो हुने टीमले ३ सय अमेरिकी डलर, सिल्भर मेडल र प्रमाण पत्र र तेश्रो हुने टीमलाई २ सय अमेरिकी डलर ब्रन्ज मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । उक्त खेलमा भाग लिने खेलाडी न्यूनतम ब्ल्याक बेल्ट तथा विगतमा राष्ट्रिय स्तरको खेलमा उपलव्धि हासिल गरेको हुनुपर्र्नेे आयोजकले जनाएको छ ।¬
पत्रकार सम्मेलनमा वोल्दै पश्चिमाञ्चल खेलकुद बिकास समितीका अध्यक्ष खगराज अधिकारीले बाग्लुङको बुर्तिवाङ बजारमा आयोजना हुने तेक्वान्दो प्रतियोगिताले चार नम्बर प्रदेशको खेलकुदको गतिविधी संगै खेलकुद पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने वताए । उक्त कार्यक्रममा आइटिएफका संस्थापक अध्यक्ष खड्क बहादुर रानाभाट, अखिल नेपाल फुटवल संघका केन्द्रिय उपमहासचिव गणेश बहादुर भट्टराइ, अखिल नेपाल फुटवल संघ कास्कीका अध्यक्ष धर्म सिंह लामिछाने, उपाध्यक्ष मिलन गुरुङ लगायतले कार्यक्रमको सफलताको कामना गरेका थिए ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *