छबि मगर-मिफ्रुङ फिल्मस् प्रोडक्सन प्रा.लि. को व्यानरमा निर्माण भएको मगर कथानक नेपाली भाषाको चलचित्र खुर्पेटो देशव्यापी रुपमा प्रदर्शन हुँदैछ । भिम राना मगरको कथा तथा विश्वास मगर (विकास) को पटकथा एवं निर्देशनमा निर्माण भएको यस चलचित्रको मुख्य विषयवस्तु खुर्पेटो रहेको छ । मगर संघको झण्डामा अंकित “खुर्पेटो” यसको परिचय, निर्माण, उपयोगिता र विशेषता जस्ता कुरालाई आकर्षक ढंगले चलचित्रमा उतार्न खोजिएको छ । ग्रामीण परिवेश, यथार्थ कथा र विषयवस्तुलाई समावेश गरी तयार पारिएको यस चलचित्रको निर्माता राजेन्द्र आले मगर (तुल) रहेका छन ।
दोश्रो विश्वयुद्ध देखि नै विदेशी सैनिक होस् या नेपाली सैनिक, राजनैतिक क्रान्ति होस् या सामाजिक क्रान्ति वा आफ्नो पहिचानमूलक क्रान्ति होस् हाम्रा कयौं मगर्नी चेलीले आफ्नो सिउँदो गुमाएको , कतिले आफ्नो काख रित्याएको , कतिले आफ्नो खुशी त्यागको थिए भने कतिले आफ्नो माया प्रेम गुमाएको थिए । यस्तै यथार्थ कथामध्येको एउटा कथा समेटिएको बताउछन खुर्पेटोको निर्देशक विश्वास मगर
३०–३५ वर्षिय छोरी थुप्रै प्रस्ताव आउँदा पनि किन विवाह नगरी बसि भनी उनको ाबिकज दबअप मा कथा बगेको छ । एउटा गरिब र दुःखी आमाको एउटी मात्र छोरी मुना सानैमा बुबा गुमाएको साधारण गाउँले मगर्नी केटी हुन्छिन् । उनलाई आमाले दुःखजेलो गरी गाउँमै भाङ्ग्रो बुनि शहरसम्म लगेर बेचेको आम्दानीबाट उनलाई हुर्का
उदै पढाउँदै आएकी हुन्छीन् । उनी पनि आमालाई साथ दिंदै अनि दुःख गरी पढ्दै आएकी हुिन्छन् । उनको पढाई राम्रो हुन्छ । उनको लक्ष्य पढेर ठूलो बनेर आमालाई सुख दिनु हुन्छ । यस्तै कथा मा आधरित भएको बताउछन कथाकार भिम राना मगर
दिन बित्दै जान्छ । मुना ठूलो हुन्छ । मुनालाई विवाहको प्रस्ताव आउँछ । तर एक्लो सन्तान भएकोले आमाले अस्विकार गछीन् ।
एकदिन मुना शहरिया केटा विशालको मायामा पर्न पुग्छीन । उनलाई सँगै कक्षामा पढ्ने केटाले विकासले मन पराई रहेको हुन्छ । मुना विशालको प्रेमले विकासको प्रेम र आफ्नै हातले बनाएको मायाको चिनो स्वरुप खुर्पेटो लाई घृणा गर्छ । अन्तिममा विशालको प्रेमलाई घृणा गरी विकासको प्रेम स्विकारी दुवैजना आ–आफ्नो हातले बनाएको खुर्पेटो र भाङ्ग्रा मायाको चिनो स्वरुप साटासाट गर्छन् । यसरी नै मायाप्रेमलाइृ अघि सार्दै कथा अघि बढेको्छ ।
अन्तिममा गरिबीको कारण विकास र मुनाको प्रेम छुटिन पुग्छ । २÷४ वर्ष विदेश गई धेरथोर धन कमाई घर फर्कि विवाह गर्ने वाचा गरी विकास मुना र आफ्नो घरपरिवार छोडेर साथी शुरेशसँग विदेश जानको लागि शहर जान्छ ।
तर बिडम्बना उनीहरु विदेश जान पाउँदैनन् । उनीहरुको पैसा दलालले खाइदिन्छ । अनि दुवैजना यताउता भौतारिरहन्छ । एकदिन साथीसँगतमा देशमा चलिरहेको आफ्नो जातीय पहिचानमूलक आन्दोलनमा सहभागी हुन पुग्छ । विकास त्यही शहिद हुन्छ । विकास शहिद भएको थाहा पाएपछि मुना आफ्नो प्रेमी गुमाएको पिडामा विवाह नगरी त्यत्तिकै बस्छिन् र कथा ाबिकज ष्ल आएर सिद्धिन्छ ।
ग्रामीण यथार्थ, मिलन विछोड तथा दुःख सुख अनि ग्रामीण जीवनशैलीलाई यस चलचित्रमा उतार्न खोजिएको छ । साथै यस चलचित्रमा चिरपरिचित सुमधुर स्वरका धनी लोकदोहोरी गायिका मुना थापा मगर अतिथि भूमिकामा देखा पर्नु भएको छ । साथमा सुजन थापा मगर , बिना थापा मगर, टिका आले मगर, राजु आले मगर, शोभा आले मगर, वविता आले मगर, राजन थापा मगर, सल्मा पुन मगर, विष्णु आले मगर, सम्झना आले मगर, संगीता तुम्सिङ्ग मगर, राजेश थापा मगर, नारायण गुर्माछान मगर, बाबुराम ढकाल, राजेन्द्र आले मगर, राज कुमार आले मगर, आशा थापा मगर, इश्वरी प्रसाद खनाल, सिमा दर्लामी मगर, विकास राना मगर, संजय बुढाथोकी मगर, तथा बालकलाकार आभाश आले मगर र स
रु आले मगरको मुख्य भुमिका छ रहेको छ ।
यस चलचित्रमा चारवटा गीतहरु समावेश गरिएको छ । जस्मा दुईवटा गीतको शब्द निर्देशक विश्वास मगर (विकास) को रहेको छ । जस्लाई संगीत राज कुमार बगरले गर्नु भएको छ भने के.बी. सारु मगरको शब्द संगीत तथा स्वरमा कौरा गीत र सी.पी. मगरको शब्द तथा संगीतमा मुना थापा मगर र प्रसाद खप्तरी मगरको स्वरमा सालैजो गीत रहेको छ । दुबै गीत मारुनी रेकर्डिङ्ग स्टुडियो, लाजिम्पाटमा भएको हो ।
गोरखाको बुङ्गोट तथा यसको आसपास क्षेत्र तथा ललितपुरको लुभुमा छायांकन गरिएको यस चलचित्रको छायांकन राहुल राईको रहेको छ भने स्टिल क्यामरामा भिम राना मगर, नृत्य निर्देशकमा चित्र मास्की मगरले गर्नु भएको छ । पाश्र्वध्वनिमा अमित श्रेष्ठ, ध्वनि सम्पादन प्रवल श्रेष्ठ र मनोज राजभण्डारी र सम्पादनमा मित्रदेव गुरुङ्गको रहेको छ । त्यस्तै पोष्टर डिजाइनमा चित्र मास्की मगर अनि प्रिन्टिङ्ग प्रेशमा कानूङ प्रेस, बागबजारबाट भएको छ भने पोष्ट प्रोडक्सनको कार्य म्याजिक स्टुडियो जमलमा भएको हो ।
https://www.youtube.com/watch?v=pzopCsJ4mZ8
Leave a Reply