स्थानीय तहको मतदानसुरु भयो मतदान , साझ ५ बजेसम्म जारी रहने

नेपाली काग्रसको तर्फबाट पोखरालेखनाथ महानगर पालिका उपमेर उमेदवार सरस्वती गुरुङ वडा न १४ को रामेशोरी मतदानस्थल (ग) मतदान केन्द्रबाट आफनो पहिलो मत खसालेर मतदान सुरु गर्दे ।संघीय संरचना अनुसार स्थानीय तहका प्रतिनिधि चयनका लागि आज कास्की सहित ३४ जिल्लामा मतदान सुरु भएको छ । विहान ७ बजेबाट सुरु भएको मतदान साझ ५ बजेसम्म जारी रहनेछ । पहिलो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमा स्थानीय जनप्रतिनिधि चयनका लागि मतदान चलिरहेको छ .

पहिलो चरणको मतदान जारी रहेको यो तीन प्रदेशमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् । मतदानका लागि झण्डै चार हजार मतदान स्थल तोकिएको छ । ३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिनेछन् ।

१३ हजार ५६५ पदमा हुन लागेको निर्वाचनमा झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा छन् । कास्कीमा साढे १५ सय उम्मेदवार चुनावी प्रतिश्प्र्धामा छन् । १५० मतदान स्थल र २८८ मतदान केन्द्र रहेको कास्कीमा २ लाख २४ हजार भन्दा बढी मतदाता छन् । कास्कीको एउटा महानगर र चार वटा गाउँपालिकामा आज मतदान हुदैछ