नेपाली कांग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाका मेयरका उम्मेदवार रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङले घरदैलो कार्यक्रमलाई व्यापक बनाएका छन् ।दुवै उम्मेदवारले विहीवार पोखरा लेखनाथ महानगरपालिकाको २ नं. वडाबाट घरदैलो अभियान सुरु गरेका हुन् । वडा नं. २ मा घरदैलो गरेपछि उनीहरु वडा नं. २१ को कृस्ति र निर्मलपोखरी पुगेका छन् । कृस्ति र निर्मलपोखरीमा आयोजित कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार रामजी कुँवरले समृद्ध पोखरा बनाउन नेपाली कांग्रेसलाई भोट दिन जनतालाई आग्रह गरे ।
उममेयरकी उम्मेदवार सरस्वती गुरुङले पोखरालाई स्मार्ट सिटी बनाउने योजनाका साथ कांग्रेस अघि त्यो योजनालाई कार्यान्वयन गर्ने ठाउँमा पु¥याउन रुख चिन्हमा मतदान गरि कांग्रेसका उम्मेदवारलाई जिताउन मतदातासँग अनुरोध गरिन् ।नेपाली कांग्रेसका नेता देवराज चालिसेले कांग्रेसले सबैभन्दा उपयुक्त उम्मेदवार अघि सारेकाले यिनलाई बिजयी बनाउन गाउँगाउँका मतदाताले सहयोग गर्नेमा आफू ढुक्क भएको सुनाए । घरदैलो कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाट, समासदद्वय बृन्दादेवी रानामगर, शारदा पौडेल लगायत कांग्रेसका थुप्रै नेता तथा कार्यकर्ता कृस्ति र निर्मलपोखरी पुगेका थिए ।
Leave a Reply