नेपालगञ्जमा प्रहरी द्धारा गैरकानुनी सुन र जटीबुटी पक्राउ, पैसाको भरमा छुटछन तस्कर

नेपालगञ्जबाट दैलेख तर्फ गइरहेको भे१च ७५८६ नम्वरको सिल्भर रंगको बलेरो चारपाग्रे गाढी सोमबार सांझ रांझा नजिकै अपराध अनुसन्धान केन्द्रका प्रहरी हरुले चेक जांचका क्रममा करीब १८ लाख मुल्य बराबरको ३ सय ८५ ग्राम सुन सहित दैलेखका एक जना ब्यापारीलाई पक्राउ गरेको छ ।

नेपालगञ्जको सदरलाईन स्थित नेपाल आभुषण भण्डारबाट उक्त ब्यापारीले कांचो सुन लिएको र बिक्री कर्ताको मात्र पान नम्वर भएको र खरीद कर्ताको पाना नम्वर नभएको बिल सहित उक्त सुन पक्राउ गरी अपराध अनुसन्धानको टोलीले सोमबार सांझ नै जिल्ला प्रहरी कार्यालय बांकेमा थप अनुसन्धान र कार्वाहीको लागी बुझाएको समाचार स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बांकेको कार्यालय भवन, बिगत केही समयदेखी बांकेका प्रहरी प्रमुख टेक बहादुर राईको नेतृत्वको टोली तस्करी नियन्त्रणमा सकारात्मक भुमिका रहेको छ।

नेपालमा बिगत लामो समय देखी चाइनाबाट अवैध सुन ल्याई नेपालमा कारोबार हुने गरेको अवस्थामा नेपाल आभुषण भण्डारका सञ्चालक जमिल अहमद जसगढले पनि उक्त सुन सोमबार दांगबाट तस्करी मार्फत २ किलो ल्याएको स्रोतको दाबी छ । जसगढले नेपालमा प्रतिबन्धीत जडिबुटी तथा यार्चागुम्बाको कारोबार गदै आएको स्रोतको दाबी रहेको छ ।

उक्त घटनाका सम्वन्धमा अपराध अनुसन्धान कार्यालयको प्रहरी निरीक्षक अरुण शाहले सुन पक्राउ परेको र थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको हाम्रो संरचना संग बताउनु भएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी प्रमुख उपरीक्ष टेक बहादुर राईले सुन सहित पक्राउ परेका ब्यक्तीका सम्वन्धमा क्षेत्रीय तथा साधारण अनुसन्धानका टोलीले अनुसन्धान गरीरहेको जानकारी दिनुभएको छ ।

पक्राउ परेका ब्यक्ती र सुनका सम्वन्धमा जिल्ला प्रहरी कार्यालय बांकेका निरीक्षक बिर बहादुर थापाले उक्त कागज गराई हिजो नै छोडेकोले नाम उसैलाइ सोधन अनुसन्धानको टोली र प्रहरी प्रमुखले हाम्रो संरचनालार्य बताए पनि प्रहरी निरीक्षक बिर बहादुरले उक्त ब्यापारीको नाम थाह नभएको बताए ।
स्रोतका अनुसार पक्राउ परेको सुन करीब १८ लाख भएको र उक्त सुन खरीद गर्दा खरीद कर्ताले ९ लाखको चेक दिएको र बांकी रुपैया नगद दिएर उक्त सुन लगेका थिए ।

खरिद कर्ताले आफनो पाना नम्वर नखुलाई उक्त सुन खरिद गरेको सम्वन्धमा बिक्री कर्ताकै सुचनाको आधारमा प्रहरीले उक्त ब्यापारीलाई सुन सहित पक्राउ गरेको स्रोतको दाबी रहेको छ । सुन बिक्री कर्ता नेपाल आभुषणका प्रमुख जमिल अहमद जसगढ लाई थप अनुसन्धानका लागी मंगलबार बिहान १० बजे जिल्ला प्रहरी कार्यालयमा बोलाएको र उक्त घटनालाइं बिल बिजकमा कानुनी प्रक्रीया मिलाएर घटना मिलाउन खोजीएको स्रोतको दाबी रहेको छ ।
सुन बिक्री कर्ता जमिल जस्गढको आर्थिक ‘ तथा कारोबारको सम्वन्धमा पटक–पटक गैरकानुनी ब्यापारी कारोबारोमा पक्राउ परेपनि पैसाको भरमा छुटने गरेका छन ।
४ दिन अघि मात्र नेपालमा प्रतिबन्धीत रहेको अति महत्वपूर्ण जटिबुटी जटामासी प्रसोधन नगरी नेपालका सरकारी तस्करहरु संगको मिलेमतोमा भारत तर्फ लग्दै गर्दा रुपैडिहा स्थित भारतीय भन्सार कार्यालयले २१० बोरा जटामासी पक्राउ गरी आवश्यक कानुनी कार्बाहीका लागी प्रक्रिया गरीरहेको छ । स्रोतका अनुसार नेपाल आभुषण भण्डारका जमिल अहमद जसगढका दाई सकिल अहमद जसगढ उक्त माल पक्राउ पछी नेपाल तर्फ भागेको र पक्राउ गरेको समान नेपालमा प्रसोधन गरीएको दाबी अर्थात तेल निकासी गरेको दाबी गरेकोमा भारतीय भन्सारले उक्त तथ्य गलत भएको भन्दै आवश्यक रिपोर्टका लागी लखनउ पठाइएको बताइएको छ ।
त्यसैगरी करीब २ महिना अगाढी नै नेपालगञ्जको खजुरा रोडको मानपुर नजिकै जिल्ला प्रहरी कार्यालय बांकेको टोलीले नेपालमा कानुनी रुपमा प्रतिवन्धीत १६ क्वीन्टल जटामासी पक्राउ गरी कानुनी कार्वाही लागी सकिल अहमद जसगढलाई खोज तलास गरीरहेकोमा जस्गढ भारतको नानपारा स्थित आफनो सालाको घरमा लुकीछिपी ३५ दिन बसेकोमा त्यसपछी प्रहरीले उक्त मुद्धाको बिषय अदालतमा पेश गरेपछी सकील अहमल जसगढ अदातलमा हाजीर भएको र उक्त केशमा अदालतबाट २२ हजार धरौटीमा छुटेकै अवस्थामा रुपैडियामा उक्त प्रतिवन्धीत जटामासी पक्राउ परेको र हाल सकिल फरार रहेको भारतीय प्रहरीको सूचिमा रहेको स्रोतको दावी रहेको छ ।

यसरी सबै क्षेत्रमा गैरकानुनी र तस्करी गर्ने ब्यक्तीहरु पैसा कै भरमा कानुनी दायरामा नआउने गरेको बताइएन्छ । गैरकानुनी कारोबारमा संलग्न रहेको आरोप लागेका ब्यक्ती नेपाल आभुषण भण्डारका मालीक जमिल अहमद जस्गढको र निजका ठुलो दाई सकिल अहमद जसगढ हाल नेपाल जटिबुटि ब्यवसाय संघको उपाध्यक्ष समेत रहेका छन ।

http://hamrosamrachana.com.