नेकपा माओवादी केन्द्र पोखरा उपमहानगरका उप–प्रमुखका प्रत्यासी गोमा ढकालले टोल वस्तीहरुमा चुनावी प्रचार प्रसारलाई तीव्रता

Today Pokhara
0Shares
 नेकपा माओवादी केन्द्र पोखरा उपमहानगरका उप–प्रमुखका प्रत्यासी गोमा ढकालले पोखरा महानगरभित्रका भिबिन्न टोल वस्तीहरुमा चुनावी प्रचार प्रसारलाई तीव्रता दिइएकी छिन ।dhakal

ढकालले सोमबार पोखरा–लेखनाथ महानगरको वडा नम्बर १, ११, १९ र २० मा रहेका टोल तथा बस्तीहरुमा आफ्नो चुनावी प्रचार प्रसार गरेकी हुन । चुनावी प्रचार प्रसार कार्यक्रममा जनताहरु माओवादी प्रति निकै उत्साहित भएको र आफ्नो एजेण्डा पोखरालाई पर्यटन मैत्री शहर र कृषी उत्पादनको शहर बनाउन तर्फ रहेकाले जनताले रुचाएको वताइन ।

राजनिती संगै समाजसेवामा लागी परेकाले पोखरा–लेखनाथ भित्र रहेका वडाका उमेदवारहरु संग समेत सहकार्य गरी उनीहरु संगै घरदैलो कार्यक्रम गरिरहेकाले पनि जनताको उत्साहजनक सहभागीता पाएको ढकालले वताइन ।

घरदैलो कार्यक्रममा घरदैलो कार्यक्रममा नेकपा माओवादी जिल्ला संयोजक दिपक कोइराला, सांसद तेजकुमारी पौडेल, नेकपा माओवादीका केन्द्रिय सदस्य सुमन देवकोटा, वाइसिएल पोखरा लेखनाथ नगर अध्यक्ष सन्तोष सोनाम, कास्की क्षेत्र नम्बर ३ का संयोजक गंगा पोख्रेल लगायतका ब्याक्तिहरुको सहभागीता रहेको थियो ।