नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिका मेयरमा मान बहादुर जिसी र उपमेयरमा मञ्जुदेवि गुरुङ

Today Pokhara
0Shares

नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिकाको लागि मेयर र उपमेयरको उमेदवारको टुङ्गो लगाएको छ । एमाले स्थायी समितिको बैंठकले सोमवार मेयरमा मान बहादुर जिसी र उपमेयरमा मञ्जुदेवि गुरुङलाई उठाउने निर्णय गरेको हो ।

मेयरका उमेदवार जिसी केन्द्रिय समितिका बैकल्पिक सदस्य एबं पूर्व जिल्ला अध्यक्ष हुन् । उनी पार्टीको जिल्ला इन्चार्ज पनि हुन् । जिसी यसअघि सुकुम्वासी समस्या समाधान आयोग कास्कीका अध्यक्ष समेत भएका थिए । उनी साविकको कालिका गाविसका पूर्व अध्यक्ष र गाउँ विकास समिति महासंघका पूर्व केन्द्रिय सदस्य पनि हुन् ।

उप मेयरकी उमेदवार गुरुङ अखिल नेपाल महिला संघ कास्कीको अध्यक्ष एबं जिल्ला कमिटिको सदस्य हुन् ।

एमाले कास्कीले सहमतिमा उमेदवारको टुङ्गो नलागेपछि बैशाख ८ गते आन्तरिक निर्वाचन मार्फत मेयरमा एक महिला सहित तीन र उपमेयरमा तीन जनाको नाम छनोट गरी केन्द्रमा सिफारिस गरेको थियो ।

नेकपा एमाले कास्कीले चारवटै गाँउपालिकाका प्रमुख र उप्रमुखका उम्मेदवार टुङगो लगाएको छ । एमाले कास्कीले रुपा गाँउपालिकाको प्रमुखमा नवराज ओझा र उपप्रमुखमा लालसुब्बा गुरुङलाई उम्मेदवार बनाएको छ ।

त्यसै गरि अन्नपूर्ण गाँउपालिका प्रमुखमा विष्णु केसी र उपप्रमुखमा सगुन गुरुङलाई उम्मेदवार बनाएको छ । त्यस्तै माछापुच्छे« गाँउपालिका प्रमुखमा कर्ण गुरुङ र उपप्रमुखमा कृष्ण दवाडीलाई टिकट दिएको छ भने मादी गाँउपालिका प्रमुखमा बेदबहादुर गुरुङ र उपप्रमुखमा विष्णु आचार्य पौडेल सर्वसम्वत भएका छन् ।